‘भृकुटीमण्डप दशै जुत्ता मेला’मा पुगेर एमाले महासचिव पोखरेलले भने – ‘नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सहयोग गर्छौ’

news-details

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भृकुटीमण्डपमा जारी जुत्ता मेलाको अवलोकन गरेका छन् । आज (सोमबार) पोखरेलले जुत्ता मेलाको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा उनले जुत्ता व्यवसायको अहिलेको अवस्थाका बारेमा व्यवसायीहरुसँग कुराकानी पनि गरेका थिए । उनले मेलामा उपलब्ध जुत्ताचप्पल कुनैपनि विदेशी ब्रान्डको भन्दा कम नभएको भन्दै नेपाली उत्पादनलाई प्रोत्साहन गर्नका लागि आफ्नो र पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

भृकुटीमण्डपमा गत असोज २ गतेदेखि दशैं जुत्ता मेलाको सुरु भएको थियो । नेपाली उत्पादनहरुको सहभागिता रहेको उक्त मेलामा तीसभन्दा बढि उत्पादन कम्पनीहरुको सहभागिता रहेको छ ।

मेलामा शिखर सुज, शु–ल्याण्ड, पिजी सुज, वन वल्र्ड, फुट स्टेप, रन सुज, ब्याम्बु र हिमानी कलेक्सन, भेनस शुज र बोस सुज लगायतका ब्राण्डहरु सहभागी छन् ।

भृकुटीमण्पमा हरेक वर्ष दशैं, तिहारको अवसरमा जुत्ता मेला लाग्ने गरेको छ । मेला आगामी कार्तिक ४ गतेसम्म चल्ने बताइएको छ । मेलामा अहिले ग्रहकहरुको उपस्थिति उल्लेखनीय रहेको व्यवसायीहरु बताउँछन् ।

मेलामा ५० प्रतिशतसम्म छुटमा जुत्ता विक्री भइरहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *