जुत्ता एक्सचेञ्ज अफरसहित शुरु भयो ‘चितवन नेपाली जुत्ताघर’

news-details

स्वदेशी उत्पादनका नेपाली जुत्ताचप्पलहरुले नेपालीको मन जितिरहेको छ । अहिले स्वदेशी उत्पादनका जुत्ता चप्पलहरु काठमाडौंमा मात्र होइन उपत्यका बाहिर पनि उपभोक्ता माझ उत्पादकहरु नै पुगिरहेका छन् ।

चितवनको भरतपुरमा अत्याधुनिक शोरुमसहित ‘चितवन नेपाली जुत्ता घर’ संचालनमा आएको छ । शोरुम संचालनको शुभारम्भको अवसरमा जुत्ता एक्सचेञ्जको अफरसमेत राखिएको छ ।

भरतपुरमा रहेको गङगोत्री मार्ग, (होटल गङगोत्री अगाडि) पहिलो तलामा संचालनमा आएको अत्याधुनिक शोरुममा पुरानो जुत्तासँग नयाँ साट्न पाउने अफरसहित मेला शुरु भएको हो ।

चितवन नेपाली जुत्ता घरमा नेपालको प्रख्यात ब्राण्ड केटिएम सुज र सम्राट सुजका आधुनिक डिजाइनका जुत्ता चप्पल रहेका छन् । चितवनबासीका लागि स्वदेशी उत्पादनका गुणस्तरीय जुत्ता सस्तो मुल्यमा उपलब्ध गराउनका लागि चितवन जुत्ता घर संचालनमा ल्याएको जानकारी मेला आयोजक प्रमोद महतोले दिए ।

जुत्ता एक्सचेञ्जसहित शुरु भएको जुत्ता घरमा जुनसुकै ब्राण्डका पुराना जुत्ता ल्याएर नयाँ जुत्ता साट्न पाइनेछ । जुत्ता घरको शुभारम्भको अवसरमा प्रत्येक जुत्तामा २५ प्रतिशत छुट उपलब्ध गराएको छ । अझ पुरानो जुत्ता ल्याउनेलाई २५ प्रतिशत छुटमा अझै ५ सय रुपैया मुल्यांकन गरेर घटाएर नयाँ जुत्ता दिइने आकर्षक अफर रहेको आयोजक महतोको भनाई छ ।

चितवनबासीलाई स्वदेशी उत्पादनका नयाँ नयाँ जुत्ता लगाउन प्रेरित गर्नका लागि एक्सचेञ्ज मेला आयोजना गरिएको महतोको भनाई छ । ‘यसअघि पनि काठमाडौंमा पटक–पटक एक्सचेञ्ज मेला आयोजना गर्दा उपभोक्ताहरुको व्यापक चासो र भिड देखिएपछि अहिले चितवनमा एक्सचेञ्ज मेला आयोजना गरिएको छ’ आयोजक महतोको भनाई छ ।

एक्सचेञ्ज मेलाका लागि नै भनेर जुत्ता कम्पनीले २ सय ५० भन्दा बढि नयाँ र लेटेस्ट डिजाइनका जुत्ता सार्वजनिक गरिएको जनाइएको छ । मेलामा एक हजारभन्दा बढि नयाँ नयाँ डिजाइन जुत्ता उपलब्ध छन् ।

नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको र जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत भन्दा सस्तो मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने आयोजकको दावी छ । ‘उत्पादक मुल्यमा नै जुत्ता उपलब्ध गराउने विशेष प्रमोशनल अफर ल्याएका छौं, उपभोक्तालाई फाइदा नै फाइदा मात्र दिएका छौं’ महतोको भनाई छ ।

हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ । स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि चितवनमा खोलिएको चितवन नेपाली जुत्ता घर सार्थक हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *