‘जनकपुर नेपाली जुत्ता घर’ मा जनकपुरबासीको बढ्यो आकर्षण, स्वदेशी जुत्ताचप्पलमा ५० प्रतिशतसम्म छुट

news-details

जनकपुरमा संचालनमा आइरहेको नेपाली उत्पादनका जुत्ताचप्पलको संयुक्त शोरुम ‘जनकपुर नेपाली जुत्ता घर’ मा स्थानीयबासीको आकर्षण बढेको छ ।

जनकपुर उपमहानगरपालिकाको शिव चोक, स्टेशन रोडमा (नगरपालिकाको गेटको छेउमै) रहेको जनकपुर नेपाली जुत्ता घरमा गुणस्तरीय र सस्तो मुल्यमा स्वदेशी जुत्ताचप्पल पाएपछि स्थानीयबासीको चाप बढेको हो ।

गत हप्ता जनकपुर उपमहानगरपालिक मेयर मनोज कुमार साह, उपमेयर किशोरी साह, जनकपुर उद्योग बाणिज्य महासंघका अध्यक्ष जितेन्द्र महासेठले संयुक्तरुपमा उद्घाटन गरेसँगै शो रुपमा संचालनमा आएको थियो ।

नेपालका प्रख्यात ब्राण्डहरुले संयुक्तरुपमा संचालनमा ल्याएको शोरुममा नेपाली उत्पादनका स्वदेशी गुणस्तरीय जुत्ताचप्पलहरु उपलब्ध रहेका छन् ।

जनकपुरमा स्वदेशी उत्पादनका जुत्ताचप्पलको भब्य शोरुम संचालनमा आएकोमा स्थानीयबासीले खुशी व्यक्त गरेका छन् । उनीहरुले आफ्नै आँगनमा नेपाली प्रख्यात जुत्ताचप्पलका ब्राण्डहरु विक्रि वितरण हुँदा फाइदा लिन पाएको बताएका छन् ।

नेपाली उत्पादनका स्वदेशी जुत्ताचप्पललाई स्थानीयतहमा पु¥याउने र नेपालीहरुलाई स्वदेशी जुत्ता प्रयोग गर्न प्रेरित गर्ने उद्धेश्यका साथ संयुक्त शोरुम संचालनमा ल्याइएको जनकपुर नेपाली जुत्ता घरका संयोजक तथा केटिएम सुजका प्रवन्ध निर्देशक प्रमोद महतोले जानकारी दिए ।

‘जुत्ताचप्पलका संचालकहरुले डाइरेक्ट कुनै मार्जिन नराखी उत्पादन लागतमा नै उपभोक्तालाई उपलब्ध गराउने हुँदा सस्तो र गुणस्तरीय सामाग्री जनकपुरवासीले पाउनुहुनेछ’ संयोजक महतोले भने ।

शोरुममा एक महिनासम्म ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको जानकारी दिदै उद्घाटनको एक सातासम्म अझ आकर्षक छुटको व्यवस्था रहेको आयोजकको भनाई छ ।

शोरुममा ८ वटा ब्राण्डका ५ हजारभन्दा बढि नयाँ नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध रहेको जनाइएको छ । व्यवसायीहरुको भन्दा पनि उपभोक्तको मुल्यमा जुत्ताचप्पल पाइने भएकाले मौकाको फाइदा उठाउन आयोजकको आग्रह छ ।

नेपालका प्रख्यात ब्राण्डहरु केटिएम सुज, फस्ट वाक, डिएफ डियर हिल, रोयल सुज, क्रस रोड, शिल सुज, डिजे सुज र बेली सुज शोरुममा रहेका छन् ।

नेपाली उत्पादनलाई प्रबद्र्धन गर्नको लागि देशव्यापी रुपमा मेला तथा शोरुमहरु बिस्तार गर्दै आएको व्यवसायीहरुको समुहले बजारमा पाउनेभन्दा एकदमै सस्तो मुल्यमा गुणस्तरिय जुत्ताचप्पल बिक्रि वितरण गर्नुका साथै स्वदेशमा नै स्तरिय जुत्ता बन्दोरहेछ भनेर प्रमाणित गरिरहेका छन् ।
जनकपुरमा संचालनमा आएको संयुक्त शोरुमबाट अहिलेको अवस्थामा आर्थिक मन्दी खेपिरहेका उपभोक्ता तथा व्यवसायीलाई राहत दिने संचालकहरुको भनाई छ ।

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न र स्वदेशी उत्पादनका जुत्ताचप्पललाई माया गर्न आफ्नै आँगनमा संचालनमा आएको शोरुममा गएर स्वदेशी जुत्ताचप्पल खरिद गरी मौकाको फाइदा उठाउन आयोजकको आग्रह छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *