सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्र चलायमान बनाउन जरुरी छ : अर्थमन्त्री महत

news-details

अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले, सरकार र निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्रको विकास सम्भव भएको दोहो¥याएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले विस्तारै अर्थतन्त्र चलायमान हुन थालेको भन्दै निजी क्षेत्रको सहयोगबाट नै नेपालको आर्थिक विकास सम्भव भएको बताए ।

उनले सरकार निजी क्षेत्रसंग सहकार्य गर्न सदैव तयार रहेको भन्दै सबै मिलेर राष्ट्रको विकासमा योगदान गर्नु पर्ने बताए ।

‘म सबैलाई के आग्रह गर्न चाहान्छु भने अब हामी सबैले अर्थतन्त्र सकरात्मक बाटोमा जान्छ । त्यो किसिमको बहस थालौँ । त्यसले एउटा आत्मविश्वास बढ्छ । अर्थतन्त्रमा पैसै नभएको हैन । चलिरहेको छैन् । त्यो घुमिरहेको छैन् । त्यो घुम्न जरुरी छ । के हो के हो सबैले नराम्रो भन्छन् । सबैले खराब छ भन्छन् । त्यसले सबैले खर्च गर्न तयार नहुने र लगानीकर्ताले पनि ऋण लिन नचाहाने भइरहेको छ । ’ उनले भने

अब खर्च गर्नेले पनि खर्च गरेर र लगानी गर्नेले पनि लगानी गरेर अर्थतन्त्र माथि उठाउन भूमिका खेल्नु पर्ने उनको भनाई छ ।

उनले निजी क्षेत्रको जायज माग सम्बोधनका लागि सरकार तयार रहेको पनि बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *