साना तथा मझौला व्यवसायीहरुको छाता संस्था राष्ट्रिय व्यापार संघले व्यवसायी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । व्यवसायभित्र देखिएका समस्या र व्यवसायीका पीरमर्काहरु संबोधन गर्नका लागि नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लको विशेष उपस्थितिमा संघले कार्यक्रमको आयोजना गरेको हो ।

राष्ट्रिय व्यापार संघको व्यवसायी अन्तक्रिया कार्यक्रम, व्यवसायीका समस्या सम्बोधनमा जोड
पछिल्लो समय अर्थतन्त्रमा आएको मन्दीका कारण अर्थतन्त्र चलायमान नहुँदा त्यसको प्रत्यक्ष मार साना तथा मझौला व्यापारीहरुलाई परेको व्यापारीको गुनासो छ । बैंकहरुले एकतर्फि रुपमा ब्याजदर बढाउँदा त्यसको भार थेग्न नसकेर केही व्यवसायीहहरुले आत्महत्याको बाटोसम्म रोज्न बाध्य भएको व्यवसायीहरु बताउँछन् ।
राष्ट्रिय व्यापार संघको व्यवसायी अन्तक्रिया कार्यक्रम, व्यवसायीका समस्या सम्बोधनमा जोड
चाडवाड नजिकिदै गर्दा व्यापार एकदमै शिथिल हुदाँ त्यसको प्रत्यक्ष मारमा साना तथा मझौला व्यवसायीहरु पर्नुपरेको बताउँदै राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोज श्रेष्ठले यस्तै अवस्था आउँदै गएमा धेरै व्यवसायीहरु पलायन हुनसक्ने बताए ।
राष्ट्रिय व्यापार संघको व्यवसायी अन्तक्रिया कार्यक्रम, व्यवसायीका समस्या सम्बोधनमा जोड
राज्यको निति कमजोर हुँदा व्यवसायीहरुले दुःख पाउनुपरेको बताउँदै अध्यक्ष श्रेष्ठले समय सापेक्ष निति परिवर्तन भएमा मात्र अर्थतन्त्र चलयमान हुने बताए । बैंकहरुले अत्याधिक ब्याजदर बढाएको र व्यवसायीहरुले पटकपटक सरकारको ध्यानाकार्षण गराउँदा पनि सरकारले बेवास्ता गरेको उनको भनाई छ ।

राष्ट्रिय व्यापार संघका वरिष्ठ उपाध्यक्ष हेम खरेलले अर्थतन्त्र चलायमा नहुँदा व्यापार शुन्य अवस्थामा झरेको बताउँदै सहकारीमा जम्मा गरेको पैसा त्यही रोकिदाँ र बैंकहरुले पनि चर्को ब्याजदर बढाउँदा व्यापारीलाई आर्थिक कारोबार गर्न सकस परेको बताए ।

राष्ट्रिय व्यापार संघको व्यवसायी अन्तक्रिया कार्यक्रम, व्यवसायीका समस्या सम्बोधनमा जोड
उनले भने –‘अहिले न्युरोडमा ९० प्रतिशत व्यापार खच्किएको अवस्था छ, नेपाल अधिराज्यभर नै अहिले व्यापार न्युन छ । अहिले युवाहरु विदेश पलायन हुँदा उपभोक्ताहरु पनि घटिरहेका छन् । सहकारीहरुमा जम्मा गरेको पैसा फ्रिज भएकोले अहिले आर्थिक अवस्था ज्यादै कम छ, जसको प्रत्यक्ष मार हामीले भोग्नुपरेको छ ।’
राष्ट्रिय व्यापार संघको व्यवसायी अन्तक्रिया कार्यक्रम, व्यवसायीका समस्या सम्बोधनमा जोड
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले नेपाल सरकार समक्ष व्यवसायीका मुद्धाहरु पटकपटक उठाउँदै आएको भएतापनि सरकारले त्यसलाई बेवास्ता गरेको बताए । उनले भने –‘हामीले अर्थमन्त्री, गर्भनरलाई पटकपटक भेटेर ध्यानाकार्षण गराउँदा पनि हुन्छ त भन्नुहुन्छ तर कार्यन्वयनमा ल्याउन चाहानुहुन्न । ठूलालाई बिनाब्याज, बिनाधितो ऋण प्रवाह गर्ने नेपाल राष्ट्र बैंक साना व्यवसायीलाई झन् –झन् ब्याज बढाउँदै गईरहेको छ । यसबाट ठूलालाई चयन र सानालाई ऐन लागू भईरहेको छ ।’
राष्ट्रिय व्यापार संघको व्यवसायी अन्तक्रिया कार्यक्रम, व्यवसायीका समस्या सम्बोधनमा जोड
व्यवसायीहरुसँग कुरा गर्दै उनले नेपालीहरु बढी आयातमुखी हुनाले पनि समस्या आएको बताए । नेपालीहरुले आफ्नै ब्राण्ड स्थापना गरेर व्यवसाय गर्न सुझाव दिदै उनले व्यवसायीहरुको समस्यामा हरदम साथ र सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।
राष्ट्रिय व्यापार संघको व्यवसायी अन्तक्रिया कार्यक्रम, व्यवसायीका समस्या सम्बोधनमा जोड
कार्यक्रममा व्यवसायीहरुले अध्यक्ष मल्लको ध्यानाकार्षण गराउँदै भन्सारका समस्याहरु पोखेका थिए । उनीहरुले भन्सार मुल्य महँगो हुँदा त्यसको प्रत्यक्ष मार व्यवसायी र उपभोक्ताहरुलाई पर्न गएको र व्यवसाय गर्न गाह्रो भएको बताएका थिए । साथै समस्या समाधानको लागि पहल गरिदिन अध्यक्ष मल्ललाई आग्रह समेत गरेका थिए ।