नेपाली होटल व्यवसायी संघले आफ्नो एक्काईसौैं वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न गरेको छ ।
काठमाडौंको बसुन्धारास्थित दियालो फुडल्यान्डमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्यता पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका प्रतिनिधिसभा सदस्य शंकर भण्डारीको रहेको थियो भने कार्यक्रमको सभापतित्व संघका अध्यक्ष गणेश ढकालले गरेका थिए ।

नेपाली होटल व्यवसायी संघको साधारणसभा : व्यवसायीका समस्या बुझिदिन आग्रह
कार्यक्रमको समुद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य भण्डारीले कोरोनाको कारण होटल तथा पर्यटन व्यवसायको क्षेत्रमा ठूलो असर परेको बताए । उनले होटल व्यवसायको क्षेत्रले राज्यलाई ठूलो मात्रामा कर तिर्दै आएको र विदेश जाने तथा विदेशबाट आउने गरिब दुःखी नेपाली दाजुभाईको राम्रो स्वागत सत्कार गरेको भन्दै प्रशंसा व्यक्त गरे ।
नेपाली होटल व्यवसायी संघको साधारणसभा : व्यवसायीका समस्या बुझिदिन आग्रह

नेपाली होटल व्यवसायी संघमा विद्यमान रहेका समस्याहरु समाधानको लागि नेपाल सरकारका सबै उच्च पदस्थकहाँ आफू व्यवसायीहरुसँगै गएर समाधानका लागि पहल गरिदिने समेत उनले प्रतिवद्धता जनाए ।
त्यस्तै कार्यक्रमका विशेष अतिथि टोखा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामभक्त घिमिरेले होटल व्यवसायीहरुले तिरेको करले आफ्नो नगरपालिकाको विकासमा सहयोग मिलेको भन्दै संघले २५ सयभन्दा बढी मानिसहरुलाई होटलको क्षेत्रमा रोजगारी दिएको बताए ।

नेपाली होटल व्यवसायी संघको साधारणसभा : व्यवसायीका समस्या बुझिदिन आग्रह
केही व्यवसायीहरुको कारणले सम्पुर्ण व्यवसायीहरु नै बदनाम हुनुपरेको बताउँदै उनले मर्यादित भएर व्यवसाय गरेमा आफूले जस्तोसुकै सहयोग गर्ने समेत प्रतिवद्धता जनाए ।

होटल व्यवसायी महासंघ नेपालका उपाध्यक्ष शेरबहादुर थापा (शेरु)ले महासंघले होटल व्यवसायीहरुको समस्या समाधान गर्न निरन्तर लागिरहेको बताए । साथै महासंघले पर्यटन बोर्डसँग सहकार्य गरेर सम्पुर्ण होटल व्यवसायीहरुलाई स्कील डेभ्लोप्मेन्ट तालिम दिन लागेको समेत जानकारी दिए ।

नेपाली होटल व्यवसायी संघको साधारणसभा : व्यवसायीका समस्या बुझिदिन आग्रह
कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक हिक्मतसिंह ऐरले होटल क्षेत्रलाई अब डिजिटल्ली बनाउनुपर्ने बताए । प्रत्येक होटलमा आइटी टिम राखेर अनलाइन बुकिङ, डिजिटल मार्केटिङ, प्रडक्ट प्याकेजिङ जस्ता कार्यहरु अघि बढाउन उनले संघको ध्यानाकर्षण गराए । त्यसले गर्दा आन्तरिक पर्यटकका साथै बाह्य पर्यटकहरु पनि नयाँ बसपार्कका होटलहरुमा भित्राउन सकिने बताए ।
नेपाली होटल व्यवसायी संघको साधारणसभा : व्यवसायीका समस्या बुझिदिन आग्रह
सबै व्यवसायीहरुको सहयोगका कारण संघले धेरै कार्यहरु गर्न सफल भएको बताउँदै अध्यक्ष गणेश ढकालले संघले ग्रान्डि हस्पिटलसँग सहकार्य गरेर झन्डै १६ लाख रुपैया बराबरको छुटको लाभ व्यवसायीहरुलाई दिलाइसकेको बताए । साथै उनले संघले प्रजातन्त्र दिवसको अवसरमा सबैभन्दा बढी रक्तदान गरेर एभरेष्ट होटलमा आयोजित कार्यक्रममा दोस्रो पटक शिल्ड उचाल्न सफल भएको समेत उनले जानकारी दिए ।
नेपाली होटल व्यवसायी संघको साधारणसभा : व्यवसायीका समस्या बुझिदिन आग्रह
सबै व्यवसायीहरुलाई संयमित भएर व्यवसाय गर्न आग्रह गर्दै अध्यक्ष ढकालले कसैले गैरकानुनी काम गरेमा त्यस्ता व्यवसायीलाई संघले सहयोग नगर्ने र कानुनी दायरामा ल्याउने बताए । साथै संघले चाँडै नै नयाँ बसपार्कका होटल व्यवसायीहरुलाई राज्य र समाजले हेर्ने दृष्टिकोण परिवर्तन गराउन आफु लागिपर्ने समेत प्रतिवद्धता जनाए ।
नेपाली होटल व्यवसायी संघको साधारणसभा : व्यवसायीका समस्या बुझिदिन आग्रह
कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका संरक्षक अमृत भुजेल, होटल तथा पर्यटन व्यवसायी संघ वागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष शैलेश कार्की, सामुदायिक सेवा केन्द्र गोंगबुका अध्यक्ष केदारनाथ पाठक, टोलसुधार समितिका अध्यक्षल, संघका पूर्वअध्यक्षगायतले संघको उत्तरोत्तर प्रगतिको कामना गर्दै आगामी दिनहरुमा संघलाई निरन्तर साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
नेपाली होटल व्यवसायी संघको साधारणसभा : व्यवसायीका समस्या बुझिदिन आग्रह
कार्यक्रममा होटल व्यवसायलाई सहज गराउन ‘गेष्ट ट्राकिङ सिस्टम’ एप्सको समेत शुभारम्भ गरिएको थियो । उक्त एप्स प्रमुख अतिथिसमेत रहेका प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले गरेका थिए । जुन एप्स मार्फत होटलमा गलत नियतले बसेर पैसा नतिरी भाग्ने प्रवृत्तिका मानिसहरुलाई सहजै पत्ता लगाउन सकिने छ ।
नेपाली होटल व्यवसायी संघको साधारणसभा : व्यवसायीका समस्या बुझिदिन आग्रह
कार्यक्रममा संघले एकवर्षमा गरेको प्रगति र आयव्यय खर्चको विवरण संघका महासचिव समदेन लामा (दिपक)ले प्रस्तुत गरेका थिए भने स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष काजीबहादुर कटुवालले गरेका थिए ।