अफ्रिकाको चुचुरो चुम्यो राष्ट्रिय बाणिज्य बैकको लोगोसंगै सिइओ किरणकुमार श्रेष्ठको तस्वीर

news-details

राष्ट्रिय बाणिज्य बैंककको लोगो सहित कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठको तस्वीरले अफ्रिका महादेशको सबै भन्दा अग्लो हिमाल किलिमन्जारोको चुचुरो चुमेको छ ।

विश्व कीर्तिमानी पर्वतारोही,माउन्टेन गाइड तथा प्रकृति संरक्षण अभियन्ता पिके शेर्पाले अभियानको सन्देशसहित राष्ट्रिय बाणिज्य बैंक र कार्यकारी प्रमुख श्रेष्ठको तस्वीर अफ्रिका महादेशको सबैभन्दा अग्लो हिमालको चुचुरोमा पुर्याएका हुन् । उनले नेपालको राष्ट्रिय झण्डा पनि अग्लो हिमालमा फरफराएका छन् ।

यहि अभियान अन्तर्गत बाबुछोराले एकैदिन सगरमाथको चुचुरोमा पनि पुगेर कीर्तिमान कायम गरी सकेका छन् । जलवायु परिवर्तनका कारण बिश्वमा बढ्दो तापमानलाई न्यूनिकरण गर्न आफ्नो अभियान अन्तर्गत प्रकृति बचाऔं भन्ने सन्देश बोकेर बिश्वका सबै महादेशको अग्ला हिमार आरोहण गर्ने अभियान्ता पिके शेर्पाले बताए ।

उनले पछिल्लो समय राष्ट्रिय बाणिज्य बैंकले प्रदान गर्ने सेवा र बैंक जनताप्रति उत्तरदायी भएर गरेको कामको प्रशंसा गर्दै आफूले सातै वटा महादेशमा बैंकको लोगो र कार्यकारी प्रमुखको तस्वीर पु¥याएको बताए। साथै राम्रो कामको सबैले सम्मान गर्नु पर्ने शेर्पाको भनाई थियो ।

काठमाडौंमा एक कार्यक्रमकाबीच बैंकका कार्यकारी प्रमुख किरणकुमार श्रेष्ठले आरोही शेर्पालाई लोगो र आफ्नो तस्वीर हस्तान्तरण गर्दे अभियानको सफलताको शुभकामना दिनुभएको थियो । श्रेष्ठले नेपालको हिमाल आरोहणबाट बिश्वमा राम्रो सन्देश गएको र यसलाई शेर्पाहरुले नेपाललाई बिश्वमा चिनाउन भूमिका खेलेको भन्दै हिमाल नेपालको हिमाल आरोहणमा सहयोग गर्ने पनि बताउनुभयो ।

अभियान अन्तर्गत सबै हिमाल अरोहण गर्ने लक्ष्य लिएका शेर्पाले सगरमाथालगायत बिभिन्न हिमालको सफल आरोहण गरी सकेका छन् । हिमाल आरोहणसंगै प्रकृति बचाउ अभियान, बृक्षारोपण अभियान र ट्रेकीङमा शेर्पाले काम गर्दे आएका छन् ।

हिमाल सरसफाई अन्र्तगत शेर्पाले व्यक्तिगत रुपमा हिमालमा थुप्रिएको फोहोर संकलन गरेर काठमाडौमा आफ्नै निवासमा थन्काएका छन् । साथै आगामी दिनमा आठ हजार माथिका सबै हिमाल आरोहण गर्ने उनको लक्ष्य रहेको समेत जानकारी दिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *