काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको फुटवेयर बिजनेस एक्स्पो यही भदौ २५ गते सोमबार सम्म चल्ने भएको छ । आकर्षक अफरसहित संचालन भइरहेको एक्स्पोमा अवलोकन गरेर मौकाको फाइदा उठाइहाल्न आयोजकको आह्वान रहेको छ ।

एक्स्पोमा ग्राहकले जुत्ता खरिद गर्दा ५० रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको स्क्राच कुपन प्राप्त गर्नेछन् । कुपन स्क्राच गरेपछि सोही अनुसार नगद प्रदान गरिदै आएको बोस सुजका संचालक तथा मेला संयोजक गंगा श्रेष्ठले जानकारी दिए ।

ग्राहकको उत्साहजनक सहभागिता अनुसार एक्स्पोको अवधि थप गरेर भदौ २५ सम्म पु¥याएको संयोजक श्रेष्ठको भनाई छ । एक्स्पोमा ग्राहकले आकर्षक छुटमा जुत्ता चप्पल खरिद गर्नका साथै अवलोकन गर्न पाउने जनाइएको छ । एक्स्पोमा प्रवेश निशुल्क रहेकाले उपभोक्ताको चाप बढेको आयोजकको भनाई छ ।

भृकुटीमण्डपमा चलिरहेको ‘फुटवेयर बिजनेस एक्स्पो’ भदौ २५ गते सकिदै, मौकाको फाइदा उठाउन आयोजकको आह्वान

एक्स्पोमा शिखर सुज, रन सुज, ब्याम्बो सुज, सु ल्याण्ड वान वल्र्ड, भेनस सुज, पिजि सुज, हिमानी सुज, बोस सुज, फुट स्टेप लगायतका ३० भन्दा बढी ब्राण्डका १ हजार भन्दा धेरै मोडलका जुत्ता चप्पल रहेका छन् ।

एक्स्पोमा पुरुष, महिला र बालबालिकाका लागि स्कुल सुज,कलेज सुज, क्याज्युल, पार्टीवेयर, स्पोर्ट सुज लगायतका जुत्ता चप्पल २५० देखि ५००० रुपैयाँ सम्ममा पाइने बताइएको छ ।

भृकुटीमण्डपमा चलिरहेको ‘फुटवेयर बिजनेस एक्स्पो’ भदौ २५ गते सकिदै, मौकाको फाइदा उठाउन आयोजकको आह्वान

स्वदेशी उत्पादनका जुत्ता, चप्पलका विषयमा नेपाली उपभोक्तालाई सकारात्मकताको सञ्चार गर्न एक्स्पोले सघाउने र आम नेपालीहरुमा राष्ट्रियताको भावना जगाउन पनि मद्दत आयोजकको भनाई छ ।