भृकुटीमण्डपमा चलिरहेको ‘फुटवेयर बिजनेस एक्स्पो’ भदौ २५ गते सकिदै, मौकाको फाइदा उठाउन आयोजकको आह्वान

news-details

काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको फुटवेयर बिजनेस एक्स्पो यही भदौ २५ गते सोमबार सम्म चल्ने भएको छ । आकर्षक अफरसहित संचालन भइरहेको एक्स्पोमा अवलोकन गरेर मौकाको फाइदा उठाइहाल्न आयोजकको आह्वान रहेको छ ।

एक्स्पोमा ग्राहकले जुत्ता खरिद गर्दा ५० रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको स्क्राच कुपन प्राप्त गर्नेछन् । कुपन स्क्राच गरेपछि सोही अनुसार नगद प्रदान गरिदै आएको बोस सुजका संचालक तथा मेला संयोजक गंगा श्रेष्ठले जानकारी दिए ।

ग्राहकको उत्साहजनक सहभागिता अनुसार एक्स्पोको अवधि थप गरेर भदौ २५ सम्म पु¥याएको संयोजक श्रेष्ठको भनाई छ । एक्स्पोमा ग्राहकले आकर्षक छुटमा जुत्ता चप्पल खरिद गर्नका साथै अवलोकन गर्न पाउने जनाइएको छ । एक्स्पोमा प्रवेश निशुल्क रहेकाले उपभोक्ताको चाप बढेको आयोजकको भनाई छ ।

एक्स्पोमा शिखर सुज, रन सुज, ब्याम्बो सुज, सु ल्याण्ड वान वल्र्ड, भेनस सुज, पिजि सुज, हिमानी सुज, बोस सुज, फुट स्टेप लगायतका ३० भन्दा बढी ब्राण्डका १ हजार भन्दा धेरै मोडलका जुत्ता चप्पल रहेका छन् ।

एक्स्पोमा पुरुष, महिला र बालबालिकाका लागि स्कुल सुज,कलेज सुज, क्याज्युल, पार्टीवेयर, स्पोर्ट सुज लगायतका जुत्ता चप्पल २५० देखि ५००० रुपैयाँ सम्ममा पाइने बताइएको छ ।

स्वदेशी उत्पादनका जुत्ता, चप्पलका विषयमा नेपाली उपभोक्तालाई सकारात्मकताको सञ्चार गर्न एक्स्पोले सघाउने र आम नेपालीहरुमा राष्ट्रियताको भावना जगाउन पनि मद्दत आयोजकको भनाई छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *