संखुवासभा सुनचाँदी व्यवसायी संघको अध्यक्षमा जनक पौडेली निर्विरोध चयन

news-details

संखुवासभा / संखुवासभा सुनचाँदी व्यवसायी संघको अध्यक्षमा व्यवसायी जनक पौडेली निर्विरोध चयन भएका छन् ।

जिल्लामा सुनचाँदी सम्बन्धि व्यवसाय गर्दै आएका व्यवसायीहरुको छाता संगठन संखुवासभा सुनचाँदी व्यवसायी संघले आफ्नो छैठौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट पौडेलीलाई निर्विरोध चयन गरेको हो ।

संघको छैठौ वार्षिक साधारणसभाले ९ जनाको कार्यसमिति चयन गरेको छ । जसअन्तर्गत अध्यक्ष जनक पौडेली, उपाध्यक्ष खड्ग रसाईली, महासचिव हरिबहादुर श्रेष्ठ, कोषाध्यक्ष हरिकुमार विश्वकर्मा र सदस्यहरुमा रोशनकुमार शाक्य, प्रताप विश्वकर्मा, सुर्यकुमार रसाईली, सृजना शंकर र नरबहादुर विश्वकर्मा रहेका छन् ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष कृष्णभगत प्रधानले नवनिर्वाचित अध्यक्ष पौडेलीलाई पदभार ग्रहण गर्दै आफूले संघलाई निरन्तर साथ र सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै संघका नवनिर्वाचित अध्यक्ष पौडेलीले आफ्नो कार्यकालमा संघलाई थप उचाईमा लैजाने बताए । आफू लामो समयदेखि सुनचाँदीको व्यवसाय गर्दै आएको हुनाले व्यवसायीहरुका समस्या राम्रोसँग बुझेको र यस्ता समस्याहरुलाई समाधान गर्दै व्यवसाय भित्र देखिएका विकृति विसंगतिको अन्त्य गर्न आफू कटिवद्ध भएर लाग्ने  प्रतिवद्धता जनाए ।

जिल्लाका सयभन्दा बढी व्यवसायीहरु आवद्ध यस संस्था वि.सं २०७४ सालमा स्थापना भएको हो । जिल्लाका सम्पुर्ण सुनचाँदी व्यवसायीहरुलाई एक्यवद्ध गर्दै व्यवसायभित्र रहेका विकृति विसंगति हटाई व्यवसायमा देखिएका समस्या समाधान गर्ने प्रमुख उद्देश्य रहेको संघले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *