अर्थतन्त्र सुधारका लागि सरकारले ठोस कदम नचाले आन्दोलनमा उत्रने महासंघको चेतावनी

news-details

नेपाल उद्योग तथा व्यवसायी महासंघले, अर्थतन्त्र सुधारका लागि आवश्यक कदम नचाले आन्दोलनमा थाल्ने चेतावनी दिएको छ ।

आईतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले, राज्यले अर्थतन्त्र सुधारका लागि अविलम्ब ठोष कदम नचाले चरणबद्ध रुपमा कडा विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको हो ।

महासंघका महासचिव भगिरथ सपकोटाले, देशको अर्थतन्त्र चलायमान बनाएर मुलुकलाई अहिलेको जटिल परिस्थितीबाट निकास दिन नसकेको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

उनले भने,‘मुलुकलाई अहिलेको जटिल परिस्थितीबाट निकास दिन नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलगायत राज्यका सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउदै उद्योग व्यवसाय र अर्थतन्त्र सुधारका लागि अविलम्ब ठोस कदम नचाले हामीले चरणबद्ध रुपमा कडा विरोधका कार्यक्रमसहित आन्दोलन गर्ने छौं ।’

अहिलको व्यवसायीमैत्री नीति नियम बनाएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने अवस्थामा अझै झटिलो र अव्यवहारीक कर नीतिहरु अबलम्बन गर्दा अनौपचारिक अर्थतन्त्र मौलाउन पुगेको उनको आरोप छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *