बढ्यो पेट्रोल-डिजेल र ग्यासको मूल्य

news-details

सरकारले खाना पकाउने एलपी ग्यास र पट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

आजबाट लागू हुने गरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ । योसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८९५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३-३ रुपैयाँले वृद्धि भएको छ ।

यसअघि सरकारले गत साउन १६ र ३० गते पट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *