‘जनकपुर नेपाली जुत्ता घर’ भदौ १४ गतेबाट संचालनमा आउँदै

news-details

‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ मुल नारासहित नेपाली उत्पादनका जुत्ताचप्पलको संयुक्त शोरुम ‘जनकपुर नेपाली जुत्ता घर’ संचालनमा आउने भएको छ ।

उक्त शोरुम जनकपुर उपमहानगरपालिका, शिव चोक, स्टेशन रोडमा (नगरपालिकाको गेटको छेउमै) आगामी भदौ १४ गते (रक्षा बन्धनका दिन) देखि संचालनमा आउन लागेको हो ।

नेपालका प्रख्यात ब्राण्डहरुले संयुक्तरुपमा संचालनमा ल्याउन लागेको शोरुममा नेपाली उत्पादनका जुत्ताचप्पलहरु उपलब्ध गराइने जनाइएको छ ।

शोरुमको उद्घाटन जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन् ।

नेपाली उत्पादनका स्वदेशी जुत्ताचप्पललाई स्थानीयतहमा पु¥याउने र नेपालीहरुलाई स्वदेशी जुत्ता प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यका साथ संयुक्त शोरुम संचालनमा ल्याउन लागेको केटिएम सुजका संचालक प्रमोद महतोले जानकारी दिए ।

शोरुममा एक महिनासम्म ५० प्रतिशत सम्म छुटको व्यवस्था गरेको जानकारी दिदै उद्घाटनको एक सातासम्म अझ बिशेष छुटको व्यवस्था रहेको आयोजकको भनाई छ ।

शोरुममा ८ वटा ब्राण्डका ५ हजारभन्दा बढि नयाँ–नयाँ डिजाइनका जुत्ताचप्पल उपलब्ध रहने जनाइएको छ । व्यवसायीहरुको भन्दा पनि उपभोक्ताको मुल्यमा जुत्ताचप्पल पाइने भएकाले मौकाको फाइदा उठाउन आयोजकको आग्रह छ ।

नेपालका प्रख्यात ब्राण्डहरु केटिएम सुज, फस्ट वाक, डिएफ डियर हिल, रोयल सुज, क्रस रोड, शिल सुज, डिजे सुज र बेली सुज शोरुममा रहने छन् ।

नेपाली उत्पादनलाई प्रबद्र्धन गर्नको लागि देशव्यापी रुपमा मेला तथा शोरुमहरु बिस्तार गर्दै आएको व्यवसायीहरुको समुहले बजारमा पाउनेभन्दा एकदमै सस्तो मुल्यमा गुणस्तरिय जुत्ताचप्पल बिक्रि वितरण गर्नुका साथै स्वदेशमा नै स्तरिय जुत्ता बन्दोरहेछ भनेर प्रमाणित गरिरहेका छन् ।

जनकपुरमा संचालनमा आउने संयुक्त शोरुमबाट अहिलेको अवस्थामा आर्थिक मन्दी खेपिरहेका उपभोक्ता तथा व्यवसायीलाई राहत दिने संचालकहरुको भनाई छ ।

स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न र स्वदेशी उत्पादनका जुत्ताचप्पललाई माया गर्न आफ्नै आँगनमा संचालनमा आउन लागेको शोरुममा गएर स्वदेशी जुत्ताचप्पल खरिद गरि साथ दिन आयोजकको आग्रह छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *