गौतमबुद्ध विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर आजदेखि हङकङ र दिल्ली उडान सुरु

news-details

नेपाल वायुसेवा निगमले मंगलबार देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको छ ।

भैरहवाबाट मंगलबार हप्ताको एकदिन एक उडानबाट सेवा सुरु गरिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमको बजार व्यवस्थापन र माग अनुसार उडानको संख्या थप्दै जाने जनाइएको छ ।

निगमको समय तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । त्यसपछि ट्रान्जिट भइ हङकङ जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिंङ उडानमा चढ्ने छन् । यसका लागि १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *