गौतमबुद्ध विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर आजदेखि हङकङ र दिल्ली उडान सुरु
- भदौ १२, २०८०
- 0

नेपाल वायुसेवा निगमले मंगलबार देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको छ ।
भैरहवाबाट मंगलबार हप्ताको एकदिन एक उडानबाट सेवा सुरु गरिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमको बजार व्यवस्थापन र माग अनुसार उडानको संख्या थप्दै जाने जनाइएको छ ।
निगमको समय तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । त्यसपछि ट्रान्जिट भइ हङकङ जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिंङ उडानमा चढ्ने छन् । यसका लागि १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।
0 प्रतिक्रिया
मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्त हुन सक्ने संभावना

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आज साँझ बस्ने बैठकमा गभर्नर नियुक्त हुन सक्ने […]
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम पेश गर्दै

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम आज सोमवार ल्याउँदैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश […]
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन कार्यसूची

संघीय संसदका दुवै सदन (प्रतिनिधीसभा र राष्ट्रिय सभा)को बैठक सोमबार बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संसद भवन नयाँ […]
यी स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षा

कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली […]
इच्छाराज तामाङ सर्वोच्चबाट पनि दोषी ठहर

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । उनी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका […]