अर्थमन्त्री महत क्यानडा प्रस्थान

news-details

अर्थमन्त्री डा. प्रकाशशरण महत पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७औँ सभामा भाग अर्थमन्त्री महत आइबार राति ९.३० मा क्यानडा प्रस्थान गरेका हुन् ।

अर्थमन्त्रीसँगै अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा गएका छन् । यस्तै वन तथा वातावरण मन्त्रालयका उपसचिव ज्ञानेन्द्रकुमार मिश्र र अर्थमन्त्रालयकै उपसचिव तथा अर्थमन्त्रीका निजी सचिव युगराज पाण्डे पनि टोलीमा सहभागि छन् ।

अर्थमन्त्री महतले उक्त सभामा भाइस प्रेसिडेन्टका रुपमा सहभागिता जनाउँदै छन् । जीईएफ एसेम्बली प्रत्येक ४ वर्षमा आयोजना हुने गरेको छ । सम्मेलमा विश्वभरका १ सय ८५ देशको सहभागिता रहनेछ । क्यानडा बसाईको क्रममा अर्थमन्त्री महतले त्यहाँ रहेका गैर–आवसीय नेपाली र अन्य दातृनिकायका प्रतिनिधिहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *