आर्थिक वृद्धिको लक्ष्यमा सकारात्मक संकेत देखिइसकेको छ : अर्थमन्त्री महत

news-details

अर्थमन्त्री डा.प्रकाश शरण महतले, मुलुकको अर्थतन्त्रमा क्रमिकरुपमा सकारात्मक संकेत देखिइसकेको दाबी गरेका छन् ।

जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले, अर्थतन्त्रमा सकरात्मक संकेत देखिदैँ गएको भन्दै लक्ष्य अनुसारको आर्थिक वृद्धि हाँसिल हुने दाबी गरे ।

‘लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हुन्छ । ६ प्रतिशतको आर्थिक लक्ष्य राखेको छौं, विश्व बैंक लगायत अन्य संस्थाहरुले गहन अध्ययन गरिरहेका छन् । उनिहरुले पनि झन्डै देशको आर्थिक वृद्धि पुग्छ भनेका छन् । त्यसमा हामी अत्यन्तै मेहनत गरिरहेका छौं ।आर्थिक प्रशासनमा अनुसाशन र प्रशासन कायम गर्नेतर्फ मेरो सम्पूर्ण जोड छ,’ महतले भनेका छन् ।

बजेटमा कृर्षि क्षेत्रमा गरिएको उत्पादनमुखी अनुदानको व्यवस्था, नेपालमा उत्पादित वस्तुमा लगाइने कम करको दर,विभिन्न सौलियतपूर्ण व्याजदरमा ऋण प्रदान गर्ने व्यवस्था,ठेक्का प्रणालीमा सुधार,विदेशी लगानी बढी परिचालन भएको जस्ता कुराले आर्थिक क्षेत्रमा सकारात्मक र क्रमश सुधार हुँदै गएकाले लक्ष्य अनुसारको आर्थिक वृद्धि हुने संकेत देखिएको उनले बताए ।

महतले भने, ‘विदेशी सहयोग पनि बढी परिचालित भैरहेको छ । कार्यान्वयनलाई सहज बनाउनको लागि ठेक्का पट्टा प्रणालीमा सुधारको कुरा गरिरहेका छौं, समयमै ठेक्का लाग्नुपर्ने, स्रोतको सुनिश्चितताको लागि प्राथमिकताको आयोजनाहरुमा मात्र खर्च गर्ने गरी बजेटको सुनिश्चितता गर्ने लगायतका कार्य गरिराखेको हुनाले आर्थिक वृद्धि हुन्छ । पहिला पर्यटन कोभिडको कारणले रोकिएको थियो अहिले पर्यटकहरु पनि आउन थालेका छन्, आइटी सेक्टरमा नेपालीले ठूलो लगानी गरी निर्यात गरिराखेका छन्, यसकारण आर्थिक वृद्धिको संकेतहरु देखिएको छ ।’

बैंकको व्याजदर घटेपछि अर्थतन्त्रमा क्रमिक रुपमा सधार आइरहेको भन्दै उनले आर्थिक विकासका लागि सकरात्मक छलफल आवश्यक रहेको बताए ।

‘अब आवश्यकता के छ भने सकारात्मक छलफलको हो । सबै खराबा भयो भनेर नकारात्मक कुरामात्रै सामाजिक सञ्जाल मिडियामा आउने सकारात्मक कुरा गर्दै नगर्ने,’ महतले भने ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *