निर्माण व्यवसायीका जायज माग सम्बोधन हुन्छ : अर्थमन्त्री महत

news-details

अर्थमन्त्री प्रकाश शरण महतले अर्थमन्त्रालयले निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्ने बताएका छन् ।

सोमबार निर्माण व्यवसायी महासंघ र अर्थमन्त्री तथा सचिवहरुसंगको छलफलमा उनले उनीहरुको माग जटिल भएको तर सम्भव भएसम्म छलफल गरेर आवश्यक माग सम्बोधन गरिने बताए ।

उनले भने ‘तपाईहरुको मागको विषय जटिल छन् । तर पनि वार्ता समितिसंग छलफल गरेर निषकर्षमा पुग्नुपर्छ र सम्भव भएका कुराहरु मिल्ने सक्ने कुराहरु गर्नुपर्छ ।’

अर्थमन्त्रालयले आफ्नो जिम्मेवारि पुरा गरेको तर केही कायमहरु पुरा गर्न बाँकी रहेको उनको भनाई छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *