भारतीय गाडीलाई निषेधको माग राख्दै ट्याक्सी चालक आन्दोलित

news-details

भारतीय गाडीलाई निषेध गर्नुपर्ने भन्दै यातायात व्यवसायी तथा ट्याक्सी चालकहरू आन्दोलित भएका छन् ।

बिहीबार काठमाडौंको नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि ५० भन्दा बढी ट्याक्सी तेस्र्याएर विरोध गरेका हुन् ।

उक्त विरोध सभामा बोल्दै नेपाल राष्ट्रिय मिटर ट्याक्सि व्यवासायि तथा चालक सेवा समाज काठमाडौका महासचिव दिलिप कुमार श्रेष्ठले भारतीय गाडीको प्रवाहले व्यवसायीहरु मारमा परेको बताएका छन् ।

‘भारतीय गाडीहरु विभिन्न प्रवाहबाट नाका प्रवेश गर्ने अनि केही दिनको परमिट लिएर आउने र नेपालमै बसेर काम गर्ने व्यवसाय गर्ने यसले गर्दा नेपालको व्यवसायहरु पलायन हुने अवस्था आयो ।’

भाडाको काम गर्ने नीजि प्रयोग गर्ने गाडी बन्द गर्नुपर्ने, नेपाली भूमिमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्नुपर्ने,उपत्यकामा ट्याक्सी स्ट्याण्ड व्यवस्थापन गरी साँचो खोस्ने र चालकलाई दुर्व्यवहार गर्ने काम बन्द गर्नुपर्ने, नेपाली अंक पहिचानसहितको नेपाली संवत् जिपियस नम्बर कायम गर्नुपर्ने उनीहरूको माग छ ।

यस्तै, दुर्घटनामा परी मृत्यु भएमा २५ लाख राहत दिनुपर्ने, ट्याक्सी मिटर सिल चुँडिदा गाडी साहु र चालक जेल जानु पर्ने कानून खारेज गर्नुपर्ने चालकहरुको भनाई छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *