राष्ट्रिय वाणिज्य बैंकमार्फत विदेशबाट अब निःशुल्क मनी ट्रान्सफर गर्न सकिने

news-details

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो वेवसाइट, मोवाईल बैंकिङ्ग (डिजिटल संसार) तथा ईन्टरनेट बैंकिङ्गको पोर्टलमा रहेको आरबिबि रिक्वेष्ट रेमिटबाट सजिलै अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फ लगायत विश्वको जुनसुकै देशमा बस्ने व्यक्तिले एक क्लिकमा नेपालमा रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

यो सुविधा अन्तर्गत विश्वको जुनसुकै देशमा रहेका व्यक्तिले आफ्नो क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट, अनलाइन बैंकिङ्ग र ट्रान्सफर प्रयोग गरी बैंकको आरबिबि रिक्वेष्ट रेमिट पोेर्टलको सेन्ड रेमिटमार्फत रकम पठाउन सक्ने बैंकले जनाएको छ ।

साथै, नेपालमा बस्ने व्यक्तिले पनि विदेशमा बस्ने आफन्तलाई रकमका लागि यो पोर्टल मार्फत अनुरोध गर्न सक्ने र यसरी रकम पठाउँदा ग्राहकलाई कुनै पनि शुल्क नलाग्ने तथा रेमिट्यान्स पठाएको केही मिनेटमै नेपालमा रहेको कुनै पनि बैंक खातामा (ग्राहकले भरेको) रकम डिपोजिट हुने बैंकले जनाएको छ । ग्राहकले विनिमय सटही दर पनि हेर्न सक्नेछन् ।

राष्ट्रिय वाणिज्य बैंक र ललित मनि ट्रान्सफरको सहकार्यमा यस्तो सुविधाको व्यबस्था भएको हो । यस कार्यका लागि ललित मनि ट्रान्सफरको विदेशी साझेदारी अनलिमिटेड रेमिटसँग रहेको छ । ग्राहकहरुले सुरक्षीत रुपमा बैंकको वेवसाइट www.rbb.com.np, मोवाईल बैंकिङ्ग (डिजिटल संसार), तथा ईन्टरनेट बैंकिङ्गको पोर्टल https://smartbanking.rbb.com.np/#/ login वा सोझै https://www.rbb.com.np/content/rbb-request-remit माध्यमबाट बिना झन्झट एकै क्लिक गरी घरमै बसेर पठाउने र पाउने दुवैले रेमिटान्स सुविधाको उपयोग गर्न सक्नेछन् ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्युआर कोड सेवा, पिओएस सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्युआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने युएसएसडि मोवाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *