चामल आयात उल्लेख्यरुपमा कमी, दाल र चिनीको आयात पनि घट्यो : विभाग

news-details

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक गजेन्द्र कुमार थापाले चामल आयातमा कमी भएको बताएका छन् ।

शुक्रबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आयोजित पत्रकार सम्म्ेलनमा महानिर्देशक थापाले आयात कम भएको बताएका हुन् ।

उनले भने ७७/७८ मा ५ लाख ४६ हजार ८ सय ७७ मेट्रिक टन आयात भएको थियो तर ७९/८० मा जम्मा २ लाख २५ हजार मेट्रिक टन मात्र चामल आयात भएको छ । जसले गर्दा डिमाण्ड सप्लाईमा केही कमी भएको जस्तो छ । आयात कम भएको हो । ’

महानिर्देशक थापाले आयात किन कम भएको हो भनेर कृषि विज्ञहरुसंग बुझ्ने क्रमममा गत वर्ष बढी धान उत्पादन भएको खुल्न आएको बताए ।

त्यस्तै दाल र चिनीको आयातमा पनि प्रत्येक बर्ष उल्लेख्यरुपमा कमी आएको पनि उनको भनाइ छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *