मौद्रीक नीतिले सूचना प्रविधिको क्षेत्रलाई प्रोत्साहन गरेको छ : गर्भनर अधिकारी

news-details

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा सूचना प्रविधि क्षेत्रको प्रयोग बढाउँदै लैजानु आवश्यक रहेको बताएका छन् ।

नेपालमा सूचना प्रविधि क्षेत्रको विकासका राष्ट्रिय आयाम विषयक सम्मेलनमा उनले, मौद्रीक नीतिले समेत सूचना प्रविधिमा आधारित व्यापारलाई प्रोत्साहन गरेको दाबी गरे ।

विशेषत विदेशबाट रेमिट्यान्स प्राप्त गर्ने गरी क्रस बोर्डर भुक्तानीलाई व्यवस्थित गर्न लागिएको बताउँदै उनले बैंक तथा वित्तिय संस्थाले सूचना प्रविधिको क्षेत्रमा ठुलो लगानी गरेको बताए ।

उनले भने ‘मौद्रीक नीतिले पनि वैदेशिक मुद्रा भित्र्याउन सहजिकरण गर्ने गरि सूचना प्रविधि क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ । ’

अनलाईन व्यापार र अनलाईन पेमेन्टलाई प्रोत्साहन गरिदाँ नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा योगदान पुग्ने उनको विश्वास छ ।

सिलिकन भ्याली र भारतको बैंलोरलाई हेरेर पनि विश्वमा डिजिटल क्षेत्रको महत्व र योगदान कति भन्ने थाहा हुने भन्दै गर्भनर अधिकारीले नेपालले पनि डिजिटल क्षेत्रको विकासमा थप काम गर्नु आवश्यक भएको औल्याँए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *