निर्माण व्यवसायी आन्दोलनमा, बालुवाटारमा धर्ना

news-details

नेपाल निर्माण व्यवसायी महासंघ सरकारले आर्थिक वर्ष सकिंदा पनि ठूलो रकम भुक्तान नगरेको भन्दै आन्दोलनमा उत्रिएको छ । रकम निकासको मागसहित धर्ना र विरोधका कार्यक्रम गर्दै आएको महासंघले आज(सोमबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास अघि धर्ना दिएका हुन् ।

रकम भुक्तान माग र म्याद थप सम्बन्धी निर्णयको विरोधमा व्यवसायीहरू सेफ्टी हेल्मेटसहित एक घण्टा धर्नामा सहभागि भए । यसअघि माइतीघर मण्डलासहितका स्थानमा धर्नामा बसेका उनीहरुले व्यवसायीले विभिन्न समस्या झेल्नुपरिरहेको गुनासो गरेका छन् ।

महासंघका अध्यक्ष रवि सिंहले राज्यको गैरजिम्मेवारपनका कारण महासंघले बाध्य भएर आन्दोलन गर्नु परेको बताए । म्याद थप, भुक्तानीका बारेमा महासंघले गत फागुन देखि नै सरकारका सबै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा आएपनि कुनै सुनुवार्ई नभएपछि आफुहरू आन्दोलनमा उत्रिन बाध्य भएको अध्यक्ष सिंहले बताए ।

२०८० असार २१ मा म्याद थपको अमूर्त सूचना प्रकाशित गरिएको भन्दै त्यसलाई नमान्ने जनाउँदै आएका छन् । विगत एक वर्षमा वर्षा, क्रसर बन्द, महँगी, निर्वाचन, भुक्तानी अभावलगायतका कारणले काम हुन नसकेको जनाउँदै निर्माण व्यवसायी महासंघलेसबै आयोजनाहरूको एकमुष्ट २०८१ असार मसान्तसम्म म्याद थप हुनुपर्ने माग गर्दै आएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *