महानगरले रोकेको ‘पोखरा फुटवेयर विजनेश सेन्टर’ पुनः संचालनमा

news-details

शुभारम्भ गरिएको ४ दिनपछि पोखरा महानगरपालिकाले रोक लगाएको ‘पोखरा फुटवेयर विजनेश सेन्टर’ पुनः संचालनमा आएको छ ।

गत साउन ५ गतेदेखि पोखरामा संचालनमा ल्याइएको ‘पोखरा फुटवेयर विजनेश सेन्टर’लाई दर्ता प्रक्रियाको कारण देखाएर महानगरले साउन ९ गतेदेखि संचालनमा रोक लगाएको थियो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र ‘पोखरा फुटवेयर विजनेश सेन्टर’का संचालकहरुबीचको आपसी समझदारीपछि महानगरले संचालनमा रोक लगाएको उक्त विजनेश सेन्टर बिहिबारबाट पुनः संचालनमा आएको हो ।

स्वदेशी जुत्ताचप्पलको प्रवद्र्धन तथा सुपथ मुल्यमा उपभोक्ताहरुलाई जुत्ताचप्पल उपलब्ध गराउने उद्देश्यले १० जना व्यवसायीहरु मिलेर पोखरामा ‘नेपाली जुत्ता घर’ नामक कम्पनीमार्फत ‘पोखरा फुटवेयर विजनेश सेन्टर’ संचालनमा ल्याएका थिए ।

‘पोखरा फुटवेयर विजनेश सेन्टर’ भित्र एउटै कम्पनी अन्तर्गत १० वटा पसल संचालनमा ल्याउन लागिएकोमा महानगरले १० जनाको छुट्टाछुट्टै कम्पनी बनाएर ल्याउन निर्देशन दिएपछि सबै व्यवसायीले दर्ता प्रक्रियाका लागि वडा कार्यालय र महानगरमा निवेदन दिएका थिए । उनीहरूले दिएको निवेदनमध्ये ‘नेपाली जुत्ता घर’ नामक एउटा कम्पनी विधिवत दर्ता हुदा सोही विधि र प्रक्रियाबाट दर्ता गर्न निवेदन दिँदा अन्य नौवटा कम्पनीको भने दर्ता रोकिएको थियो ।

व्यवसायी सविन कार्कीले स्वदेशी उत्पादनको प्रवद्र्धनमा सहयोग र सहजिकरण गर्नुपर्नेमा महानगरले झमेला दिएकोमा दुःख व्यक्त गरे । ‘हामीले एउटै कम्पनीमार्फत १० वटा ब्राण्डका पसल संचालनमा ल्याउन खोजेका थियौ, तर महानगरले छुट्टाछुट्टै कम्पनी दर्ता गर्न भनेपछि सोही अनुसार निवेदन दिदा एउटा दर्ता हुने अन्य चाहि नहुने कसरी भयो ?’ उनले भने –‘नगरप्रमुखसँगको छलफल पछि अहिले शोरुम खुल्ला भएको छ, स्वदेशी उत्पादन प्रवद्र्धनमा उहाँले आगामी दिनमा थप सहजिकरण गर्ने अपेक्षा लिएका छौ ।’

पछिल्लो समय स्वदेशी ब्रान्डका जुत्ताचप्पल उद्योगहरुले गुणस्तरीय सामाग्री उत्पादनका साथै उपभोक्ताहरुलाई सुपथ मुल्यमा जुत्ताचप्पल उपलब्ध गराउन देशका विभिन्न शहरमा मेला र शोरुम संचालनलाई विस्तार गरिरहेका छन । ‘स्वदेशी उत्पादनका जुत्ताचप्पल विदेशी ब्रान्ड भन्दा कम छैन र गुणस्तरीय छ भन्ने तथ्य उपभोक्तामाझ प्रमाणित भैसकेको छ’ संचालक कार्कीले भने –‘अझ फ्याक्ट्रीबाट सिधै शोरुममा ल्याइएको हुदा फ्याक्ट्री मुल्यमै उपभोक्ताहरुलाई फरक–फरक ब्रान्डका गुणस्तरीय जुत्ताचप्पल उपलब्ध गराएका छौ ।’

१० कम्पनीले साझा रुपमा खोलेको साझा शोरुमको साउन ५ गते गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले उदघाटन गरेका थिए ।

संयुक्त शोरुममा शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वल्र्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका जुत्ता चप्पल बिक्रीका लागि राखिएको छ ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *