अर्थमन्त्रीद्वारा बजेट कार्यान्वयनबारे सचिवहरुसंग छलफल

news-details

अर्थ मन्त्रालयले बजेट कार्यान्वयनको विषयमा सरोकारवालासंग छलफल गरेको छ ।

अर्थमन्त्री प्रकाश शरण महतले बुधबार आर्थिक वर्ष २०८०—८१ को बजेट कार्यन्वयनका सम्बन्धमा मुख्य सचिवलगायत विभिन्न मन्त्रालय सचिव तथा अन्य सरोकारवालासंग छलफल गरेका हुन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको छलफलमा बजेट कार्यान्वयमा सरकारी कर्मचारीको भूमिकाबारे छलफल भएको हो ।

छलफलमा सहभागिहरुले बजेटको उपलब्धिपूर्ण कार्यान्वयनका लागि आवश्यक रणनीति र सरकारी तयारीबारे सुझाव प्रस्तुत गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *