आज मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

news-details

नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।

मौद्रिक नीति पारित गर्नका लागि आइतबार बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक डाकिएको छ । सञ्चालक समितिले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आइतबार अपरान्ह मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्रबैंक स्रोतले जनाएको छ ।

राष्ट्र बैंकमाथि अघिल्ला आर्थिक वर्षहरुको भन्दा खुकुलो मौद्रिक नीति ल्याउन राजनीतिक तथा निजी क्षेत्रको दबाव रहेको छ । तर, राष्ट्र बैंक भने आर्थिक तथ्यांक र देशको आवश्यकता अनुसारको मौद्रिक नीति ल्याउने अडानमा रहेको छ ।

अर्थतन्त्र चलायमान बनाउने नामा अर्थतन्त्र समस्यामा नफसोस भन्नेमा सचेत रहेर मौद्रिक नीति आउने राष्ट्र बैंक स्रोतको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *