हिमालय एअरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल अर्थोपेडिक अस्पताललाई २ टनको स्ट्यान्डिङ एयर कन्डिसनर सहयोग गरेको छ। एअरलाइन्सका अध्यक्ष झोउ एन्योङले अस्पतालका अध्यक्ष सामदेन लामा र मेडिकल डाइरेक्टर डा.कैलाशकुमार भण्डारीलाई उक्त सामग्री हस्तान्तरण गरेका छन् ।
अस्पतालले सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरेको र यसबाट बिरामीहरूले सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउने जनाएको छ। एअरलाइन्सका अध्यक्ष एन्योङले एयरलाइन्सको सहयोगले अस्पतालको गुणस्तरीय हेरचाहका साथ खाँचो परेका मानिसहरूको सेवा गर्ने प्रयासलाई बलियो बनाउने गरेको बताए।









