नेपाल एयरलाइन्सको विमान डिले भएपछि छानबिन समिति गठन
- साउन २, २०८०
- 0
नेपाल एयरलाइन्सको क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका क्रममा मलेसियामा उडान डिले भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ ।
निगमको आरए ४ सय २२ उडान भर्नु अगाडी ९ एन–एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान रोकिएको थियो ।
अहिले यसको व्यवस्था भइसकेको र जहाज उड्ने क्रममा रहेको निगमले उल्लेख गरेको छ । कम्पनीले उडान ढिला भएकोप्रति यात्रुसँग माफी माग्दै आगामी दिनमा यस्तो नहुने प्रतिबद्धता जनाएको छ ।
चालकदललाई आवश्यक पर्ने अक्सिजन अभावले काठमाडौं फर्किन लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी विमान मलेसियाको क्वालालमपुर अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टाभन्दा बढी रोकिएको थियो ।
उक्त विमानबाट काठमाडौं फर्किन लागेका १ सय ५२ यात्रु विमानस्थलमा अलपत्र परेका थिए ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]










