अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको छ : अर्थमन्त्री डा. महत

news-details

अर्थमन्त्री डा. प्रकाशशरण महतलेअहिले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको, यद्यपि समस्यामुक्त भइनसकेको बताएका छन् ।

मंगलबार संसदको अर्थसमितिमा बोल्दै डा. महतले आउँदो वर्ष हाम्रो अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेको बताएका हुन् ।

‘अहिलेको अर्थतन्त्रको समग्र बाटो सकारात्मक तर्फ लागेको छ । समस्या मुक्त भने छैन । कुनै पनि अर्थतन्त्र कुनै पनि देश समस्या मुक्त हुँदैन । हामीले २००७ सालपछि मात्रै भौतिक विकासको सुरु गरेका हौं । यो कालखण्डमा हामीले राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले हामी भौतिक विकासमा हामी धेरै पछाडि छौं ।’

उनले आवश्यकताको तुलनामा पूरा गर्न नसकेका कुरा धेरै भएको र यसलाई सुधार गरेर लैजानु पर्ने बताएका छन् ।

हाम्रो क्षमताभन्दा पनि बढी हामीले सामाजिक सुरक्षामा खर्च गरेको उनको भनाई छ ।

उनले पछाडि परेको समुदाय, जेष्ठ नागरिकलगायत सबैलाई हामी सामाजिक सुरक्षा खर्च दिने र यसबाट सरकार पछाडि फर्किन नसक्ने बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *