घट्यो पेट्रोलियम पदार्थको मूल्य (सूचिसहित)

news-details

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमको सोमबारको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेलरमट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गको लागि क्रमशः ७.५ , ६ र ५ रुपैयाँले मूल्य घटाएको जनाएको छ ।

साथै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १५ रुपैयाँले घटाइएको छ ।

यससँगै अब पेट्रोल १६७.५ देखि १७० रुपैयाँ प्रतिलिटरमा पाइनेछ । जसमा पहिलो वर्गअन्तर्गत चारआली, जनकपुर, वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी पर्दछ । त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा तथा दिपायल पर्दछन् ।

भारतबाट इन्धनको मूल्य घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *