आर्थिक विधेयक २०८० बहुमतले पारित

news-details

आर्थिक विधेयक २०८० बहुमतले पारित भएको छ ।

आईतबार प्रतिनीधि सभामा अर्थमन्त्री प्रकाश शरण महतले प्रस्ताव गरेको आगामी आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक, २०८० बहुमतले पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावमाथि परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको हो । विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सुमना श्रेष्ठ, शिशिर खनालले संशोधन प्रस्ताव पेस गरेका थिए ।

बैठकमा आर्थिक विधेयक, २०८० माथि संशोधनको प्रस्ताव पेश गर्दै सांसद सुवालले एनसेललाई पुँजीगत लाभकरमा छुट दिएको, सरकारले विभिन्न निजी कम्पनीबाट वर्षौसम्म कर उठाउन नसकेको र न्यायधिस नियुक्तीमा समेत अख्तियारको दुरुपयोग गरेको आरोप लगाए ।

सांसद सुमना श्रेष्ठले विद्युतीय धुमपानका वस्तुमा भन्सार लगाउनुपर्ने, दैनिक खाद्यान्नमा भ्याट लगाउन नहुने र स्वदेशी उद्योग र उत्पादनका लागि कच्चापदार्थ आयातमा सहज हुनेगरी भन्सार शुल्क निर्धारण हुनुपर्नेमा जोड दिइन् । सांसद शिशिर खनालले संशोधन प्रस्तावमा आन्तरिक उत्पादनमा वृद्धि र हवाई टिकटमा भ्याट लगाइएको विषय उठाएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *