यातायात व्यवसायी आन्दोलनमा : काठमाडौंमा ट्याक्सी र ट्रकसहित प्रर्दशन

news-details

राष्ट्रवादी केन्द्र निकट ट्याक्सी तथा ट्रक व्यवसायीहरुले २० वर्ष पुराना सवारी साधन हटाउने सरकारी निर्णय खारेजीको माग गर्दै विरोध गरेका छन् ।

ट्रक, ट्रिपर ट्याङ्कर, साना ढुवानी गाडी, ट्याक्सि टेम्पो, नीलो माइक्रो लगायतका सवारी साधनमा आवद्ध मजदुरले बिहीवार काठमाडौंको सितापाईला चोकमा आफुहरुले काम गरेर खान पाउनु पर्ने भन्दै प्रर्दशन गरेका हुन् । सानू पुर्वाछाने मगरले भने ‘ राज्यको कर र नीति भित्र व्यवसायी समेटिदाँ पनि हामीलाई ठग र चोरको विल्ला लगाइएको छ । ’

२० वर्ष भन्दा बढि भएका सवारिसाधनलाई हटाउने भन्ने सरकारको निर्णय राखेजीको माग गर्दै काम गरेर खान पाउनु पर्ने उनीहरुको माग छ ।

ट्याक्सि व्यवसायि प्रेम बहादुर खड्काले, यातायात व्यवसायको क्षेत्रमा धेरै समस्यामा सरकार मौन बसेको तर्क गरे ।

सरकारले आफ्ना समस्याहरुको समाधानमा कुनै पहल नगरेको उनको गुनासो छ ।

‘ट्याक्सि व्यवसायिहरुलाई पार्किङको व्यवस्था छैन । म जस्तो मजदुरको लागि महानगरले व्यवस्थित गर्नु पर्छ । हरेक सपिङमल र हस्पिटल खोल्दा ट्याक्सि स्टयाण्डको व्यवस्था गर्नुपर्छ । न्युरोडमा मान्छे झार्न पाएको छैन लाईसेन्स निकाल भन्दै त्यहाँ प्रहरीको ज्यादती सुरु हुन्छ । ’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *