ग्लोबल आईएमई बैंकका कर्मचारीलाई सामाजिक जोखिम व्यवस्थापन तालिम

news-details

ग्लोबल आईएमई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम दिइएको छ ।

अन्तर्राष्ट्रिय वित्त निगम इन्टरनेशनल फाइनान्स कर्पोरेशनद्धारा बैंकको, कर्जा विभागमा कार्यरत करिव ४ सय जना कर्मचारीहरुलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम दिइएको हो । उक्त तालिम ग्लोबल आइएमई बैक र अन्तर्राष्ट्रिय वित्तिय निगमको सहकार्यमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रम विशेष गरेर आइएफसी परफरमेन्स स्टयान्डर्डस् र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको थियो । तालिम कार्यक्रमलाई आईएफसीका वातावरण तथा सामाजिक जोखिम विज्ञहरुले संचालन गरेका थिए ।

अन्तर्राष्ट्रिय रुपमा प्रयोग भइरहेका असल वातावरण तथा सामाजिक अभ्यास, संस्थागत शुसासन लगायतका विषयहरुबाट बैंकको कर्जा विभागमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्घि भई समग्र र्बैंकिङ्ग क्षेत्र लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *