देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

news-details

देशभरका स्थानीय तहहरुले आज आगामी आर्थिक वर्ष २०८०्/८१ को बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहहरुले हरेक आर्थिक वर्षको असार १० गतेसम्म बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

विभिन्न प्रदेशका १० वटा स्थानीय तहहरुले भने बजेट ल्याइसकेका छन् । बाँकी ७४३ स्थानीय तहले आइतबार बजेट सार्वजनिक गर्न लागेका हुन् । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गरी देशभर ७५३ वटा स्थानीय तह छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका २, मधेस प्रदेशका १, बागमती प्रदेशका १, गण्डकी प्रदेशका ४ र सुदूरपश्चिम प्रदेशमा २ गरी १० स्थानीय तहले बजेट ल्याइसकेका हुन् ।

संघ तथा प्रदेशबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँटबाट जाने रकम स्थानीय तहको बजेटको मुख्य स्रोतका रुपमा मानिन्छ । संघीय सरकारले वार्षिक बजेटबाट स्थानीय तहलाई वित्तीय समानीकरण, सशर्त अनुदान, समपूरक विशेष अनुदान छुट्याएको हुन्छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारले ऐनअनुसार असार १० गतेभित्र बजेट पेस भए नभएकालाई मूल्याङ्कनमा एक सूचक मान्ने गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *