राष्ट्रिय वाणिज्य बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट प्रदान गर्ने

news-details

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै २०८० असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणिहरुलाई छुट दिने निर्णय गरेको छ ।

ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण(असल, सुक्ष्म निगरानी, कमशल, शंकास्पद, खराब), जतिसुकै अवधिको ओभरडयु, नर्मल तथा पेनल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट प्रदान गरिनेछ । ब्याज छुट रकम सम्बन्धित ऋणिको खातामा फिर्ता÷जम्मा गरिने र यो अवसरको लाभ लिन सम्बन्धित सम्पूर्ण ऋणिहरुलाई बैंकले अनुरोध गरेको छ ।

बैंकले बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाम सहित २७२ वटा शाखा कार्यालय, ५४ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्युआर कोड सेवा, पिओएस सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्युआर टेर्लस (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग आरविवि डिजिटल संसार तथा बिना ईन्टरनेट चल्ने युएसएसडि बैंकिङ्ग सेवाहरु समेत सञ्चालनमा रहेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *