काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गरिने : मन्त्री ज्वाला

news-details

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शनिबार बिस्तारको क्रममा रहेको सूर्यविनायक धुलिखेल सडक निर्माण कार्यको अनुगमन गरेका छन् ।

हाल धमाधम विस्तारको काम भैरहेको यो सडक खण्डको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वाला,सडक बिभागका महानिर्देशक तथा अन्य विभिन्न विभागका प्रमुख सहितको टोलीले सडकको अनुगमन गरेको हो । भक्तपुरको सूर्यििवनायक र काभ्रेको साँगादेखि दुई खण्डमा विभाजन गरी ठेक्का लागाईएको यो सडक खण्डमा हाल सडकका दुबै साईटमा पर्खाल निर्माणको काम भइरहेको छ । भक्तपुरको सूर्य विनायकदेखि काभ्रेको धुलिखेलसम्म १६ किलोमिटर लम्बाई रहेको यस सडकको बिस्तारको काम गत बर्षबाट शुरु गरिएको हो।

करिव ८ अर्ब ४२ करोड लागतमा निर्माण भैरहेको यो सडकको तीन स्थानमा पक्की पुल समेत निर्माण गरिने आयोजनाका प्राविधिक माधव पौडेलले जानकारी दिए । करिव ३ बर्षमा निर्माण सक्ने लक्ष्य राखिएको यो सडकमा २० मिटरको मुख्य र दायाँ बायाँ ५ ÷ ५ मिटरको सर्भिस लेन २.५ मिटरको पैदल मार्ग रहने बताईएको छ।

सडक अनुगमनका क्रममा मन्त्री ज्वालाले निर्माण ब्यवसायीलाई काम समयमै सक्न निर्देशन दिदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलासुस्ती गर्ने निर्माण ब्यवसायीलाई दण्डित गर्ने बताए । त्यसैगरी मन्त्री ज्वालाले यो सडक काठमाडौं उपत्यका छिर्ने प्रमुख नाकामध्ये एक भएकाले निर्माण कार्य समयमै सम्पन्न गरेर जनतालाई सुबिधा दिनुपर्ने बताए ।

सो अवसरमा सडक विस्तार आयोजनाका प्राविधिक पौडेलले सरकारले निर्माण व्यवसायीको कामको रकम भुक्तानी समयमै गर्न नसक्दा निर्माण कार्यले अपेक्षाकृत रुपमा गति लिन नसकेको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *