आज छ प्रदेशको बजेट सार्वजनिक हुँदै

news-details

आज छ वटा प्रदेशले आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दैछन् ।

संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारले आज वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार सबै प्रदेशले १ असारमा आगामी आर्थिक वर्षको आय व्यय सहितको वार्षिक बजेट प्रदेश सभामा पेश गर्नुपर्ने व्यवस्था छ । संविधानतः संघ सरकारले १५ जेठमा बजेट सार्वजनिक गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्नुपर्नेछ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेश सभामा बजेट प्रस्तुत गर्नेछन् । कोशी प्रदेश सरकारले भने हिजो बिहीबार अध्यादेशमार्फत ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट सार्वजनिक गरिसकेको छ ।

सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् । प्रदेश सरकारले आ-आफ्नो प्रदेश अनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् ।

प्रदेश सरकारले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना लगाएतका विषयलाई प्राथमिकतामा राखेर बजेट तयार पारेको जनाएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *