नेपाल र भारतबीचको समझदारीले नेपालको समग्र अर्थतन्त्रमा ठूलो महत्व राख्छ : अध्यक्ष ढकाल

news-details

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीको भारत भ्रमणमा भएको समझ्दारीले नेपालको समग्र अर्थतन्त्रमा नै ठूलो महत्व राखेको बताएका छन् ।

बिहीबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को २१औं साधारणसभामा अध्यक्ष ढकालले प्रधानमन्त्रीको भारत भ्रमणबाट उत्पादन भएको विजुली भारत भएर बङ्गलादेश जाने बाटो बनेको उल्लेख गर्दै निजी क्षेत्रकोलागि र उर्जा उत्पादनसँग सम्बन्धित व्यवसायीको मात्रै नभएर नेपालका समग्र अर्थतन्त्रमा महत्व राख्ने बताए ।

उनले भने, अहिले करिब ७ हजार जति मेघावाट निमार्ण कार्यमा गएको भन्ने बुझिन्छ । प्रधानमन्त्रीको भारत भ्रमणमा हाम्रो जुन समझ्दारी बढ्यो र सँगसँगै हामीमा उत्पादन भएको विजुली भारत भएर बङ्गलादेश जाने बाटो बनेको छ । त्यो निजी क्षेत्रको लागि र उर्जा उत्पादनसँग सम्बन्धित व्यवसायीको मात्रै नभएर नेपालका समग्र अर्थतन्त्रमा नै यसले धेरै ठूलो महत्व राख्छ ।’

उनले पूर्वाधारको विकास, प्रशारण लाइनको व्यवस्था र नीतिगत कुराहरु पनि तुरुन्तै व्यवस्था गर्नुपर्ने बताए ।

यस्तै कार्यक्रममा इप्पानका पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले उर्जा क्षेत्र देशको अर्थतन्त्रको मुख्य आधारका रुपमा विकास हुदैँ गएको भन्दै उर्जा क्षेत्रको विकासमा यस संस्थाले पु¥याएको भूमिका महत्वपूर्ण भएको बताए ।

उनले भने, ऊर्जा क्षेत्र नेपालको अर्थतन्त्रमा मुख्य आधारको रुपमा विकास हुदै गएको स्मरण गरेको छु । साथै ऊर्जा क्षेत्रको विकास र ऊर्जा उत्पादनमा पु¥याएको यस संस्थाको विशेष भुमिकाको स्मरण गर्दछु । ऊर्जा क्षेत्रमा निजी क्षेत्रबाट प्रभावित लगानीले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निवार्ह गरेको छ । ऊर्जाको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन र नेपालको वैदेशिक व्यापार सन्तुलनमा इप्पानको लागि लगानी तथा कार्य सम्पादनको भूमिका महत्तवपूर्ण रहेको सर्वविधितै छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *