मलेशियाबाट आएको नेपाल एयरलाइन्सको जहाज भैरहवाको गौतमबुद्ध विमानस्थलमा अवतरण

news-details

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि पहिलो पटक नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा–काठमाडौं व्यवसायिक उडान सुरु गरेको छ ।

मंगलबार बिहान पौने ९ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा अवतरण भएको हो ।

योसंगै मलेसिया–भैरहवा–काठमाडौं व्यवसायिक उडान सुरु भएको हो ।

यो नेपाली वायु सेवाको पहिलो व्यावसायीक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किराँतीले विमानस्थलमा स्वागत समेत गरेका छन् ।

उक्त विमानमा मलेशियामा रोजगारी गरेर घर फर्कन आगेका नेपालीहरुका साथै मलेसियाका केही पर्यटन व्यवसायीहरु पनि नपाल आएका छन् ।

मलेसियाबाट भैरहवा आइपुग्न लाग्ने उडान समय करिव ४ घण्टा ४५ मिनेट र न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान गर्न २५ मिनेटको समय लाग्ने छ ।

अन्तराष्ट्रिय उडान सुरुआतको पहिलो चरणमा न्यरोबडीबाट सातामा एउटा उडान गर्ने बताईएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *