आईएमई २३औं वर्षमा प्रवेश, डिजिटल रेमिट्यान्समा पनि अग्रणी बन्ने योजना

news-details

मुलुकको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आईएमई लिमिटेड २३ वर्षमा प्रवेश गरेको छ ।

विश्वभर रहेका नेपालीहरूका लागि रेमिट्यान्स प्रक्रियालाई सरल र द्रुत बनाउने उद्देश्यका साथ स्थापना भएको आईएमईले आज (सोमबार)बाट आफ्नो सेवाको २३ औँ वर्षको सुरुवात गरेको हो । विश्वसनीय र बलियो कम्पनीका रुपमा स्थापित भएको आइएमईले २३ औँ वर्ष प्रवेशको अवसर पारेर वैधानिक माध्यमबाट रेमिट्यान्स भित्र्याइ देशको अर्थतन्त्र निर्माणमा योगदान गर्न प्रतिवद्ध रहेको जनाएको छ ।

डिजिटल अर्थतन्त्रको इकोसिस्टममा प्रवेश गरि आइएमईले संचालनमा ल्याएको आइएमई पे मोवाइल वालेट मार्फत प्रयोगकर्ताहरुले रियल टाइम डिजिटल भुत्तानी तथा रेमिट्यान्स सेवा प्रवाह गरिरहेकोमा अबका दिनमा फिनटेकलाई अधिकतम उपयोग गर्दै रेमिट्यान्स सेवालाई थप परिष्कृत,सरल र विविधीकरणतर्फ लैजाने आइएमईले जनाएको छ । प्रविधिमा भएको विकासलाई आत्मसात गर्दै हिंड्नु र आफ्ना सेवाग्राहीलाई उत्कृष्ट सेवा पुर्‍याउनु अझै चुनौतीपूर्ण रहेको बताउदै आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले कम्पनीले आफ्नो २३औं वाषिर्कोत्सवको नारा नै प्रविधिसँग जोडेर बनाएको बताए ।

अहिले पनि नगद कारोबारमा आधारित परम्परागत शैलीमा नै काम गरिरहेकोमा अब भने आईएमईलाई डिजिटल रेमिट्यान्समा पनि नेपालकै अग्रणी कम्पनीको रुपमा स्थापित गर्ने योजना रहेको उनले बताए । डिजिटल रेमिट्यान्सलाई नै प्रवर्द्धन गर्ने उद्देश्यले ‘आईएमई-पे’ ल्याएको उनको भनाई छ । युरोप अमेरीकालगायतका देशबाट अधिकांश रेमिट्यान्स डिजिटल माध्यमबाट नै आइरहेको र मध्यपूर्वबाट पनि २५ प्रतिशतसम्म रेमिट्यान्स मोबाइल वालेट वा अनलाइनबाट आउने गरेको उनले बताए ।

आईएमई-पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी पनि देशको अर्थतन्त्र चलाउने रेमिट्यान्स सहज र सरल तरीकाबाट भित्र्याउने व्यवस्था हुनुपर्ने बताउँछन् । त्यसका लागि अब डिजिटल प्रविधिमा जानुको विकल्प नभएको उनको भनाइ छ । डिजिटल रेमिट्यान्सको उद्देश्य हासिल गर्न आईएमई ग्रुपले आईएमई-पे को अवधारणा ल्याएको उनले बताए ।

आइएमईको रेमिट्यान्स सचेतना प्रभातफेरी

आईएमई-पे मा रेमिट्यान्स पठाउने आईएमईका लाभग्राहीलाई विभिन्न अफर समेत रहेको आईएमई पे का प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले बताए । जस अनुसार रेमिट्यान्स वालेटमै रिसिभ गर्यो भने १०० रुपैयाँ बोनस र लक्की ड्रमार्फत मोबाइल फोन दिने योजनालगायत रिचार्ज गर्दा ५ प्रतिशत क्यापब्याक, क्युआर कोड मार्फत भुक्तानी गर्दा १०० रुपैयाँ क्यासब्याक, अरु बैंक खातामा लिंक गरेर राख्दा अर्को १०० रुपैयाँ बोनस तथा वालेटमा पैसा रिसिभ गरेर त्यहीँबाट खर्च गर्दा विभिन्न अफरहरु रहेका छन् ।

हालै मात्रै आईएमई९पेमार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सामाजिक सुरक्षा कोषमा आवद्ध भएर योगदान रकम समेत वालेटबाट सिधै पठाउन सक्ने सम्झौता भएको छ । यस्तै आईएमई९पे मा रेमिट्यान्स पठाउने प्रविधिमा अभ्यस्त लाभग्राहीलाई लक्षित गर्दै सामुहिक लगानी कोषजस्ता लगानीको योजना ल्याउँदै गरेको पनि रेग्मीले बताए ।

आइएमईले २३ औ वर्षप्रवेशसम्म आइपुग्दा सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नियामक निकायहरु, देश-विदेशमा रहेका सम्पुर्ण सेवाग्राहीहरु, व्यावसायिक साझेदारहरु, आइएमई परिवार एवम् शुभचिन्तकहरुमा हार्दिक शुभकामना व्यक्त गरेको छ ।

 

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *