बजेट वितरणमा कुनै पक्षपात र भेदभाव नभएको अर्थमन्त्री महतको प्रष्टोक्ति

news-details

अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा मात्र बढी बजेट गएको भन्ने गुनासो सही नभएको बताएका छन् ।

प्रतिनिधिसभामा आर्थिक बर्ष २०८०/८१ को अनुमानित आय व्ययमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदैं अर्थमन्त्री महतले बजेट वितरण र बाँडफाँडमा कुनै पक्षपात नभएको प्रष्ट पारेका छन् ।

उनले भने ‘सबैको चासो चिन्ता के छ भने प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा मात्र सारा बजेट गयो की भन्ने छ । हुँदा हुँदै ४० प्रतिशत नै बजेट गयो कि भन्ने छ । त्यस कुरामा कुनै सत्यता छैन् । त्यो चाही समग्र किताव र बजेट हेरेपछि थाहा हुन्छ । जस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुँजीगत तर्फ १२३ अर्व विनियोजन गरेकोमा ३ वटा जिल्लामा छुट्टयाएको रकम नगण्य नै छ । त्यस्तो होईन् । ’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *