नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त ‘बेष्ट फाइनान्स कम्पनी लिमिटेड’ले बाग्लुङको गल्कोट नगरपालिका वडा नं. ३, हटिया बजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

गलकोटमा सञ्चालनमा ल्याइएको बेष्ट फाईनान्सको उक्त शाखा कार्यालयको आज एक कार्यक्रमकाबीच गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरे तथा गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्षद्धय तथा फाइनान्सका मुख्य लगानीकर्ता राजेन्द्र कुमार शर्मा र रोविन्द प्रसाद श्रेष्ठ (गोविन्द)ले सयुक्तरुपमा उदघाटन गरेका छन ।

एनआरएनद्धारा प्रर्वद्धित ‘बेष्ट फाइनान्स’को १६ औं शाखा बाग्लुङको गल्कोटमा औपचारिकरुपमा संचालनमा

उदघाटन समारोहमा बोल्दै गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले बेष्ट फाइनान्सको शाखा संचालनले गलकोट क्षेत्रमा वित्तिय पहुँच वृद्धि गर्न सहयोगी भूमिका खेल्नेमा आफु आशावादी रहेको बताए । उनले यस संस्थालाई गलकोटमा वित्तिय कारोबार मात्र नगरी उत्पादनको क्षेत्रमा समेत लगानी गर्नको लागि आग्रह गरे ।

एनआरएनएका उपाध्यक्ष तथा मुख्य लगानीकर्ता आरके शर्माले स्थानीय तहमा रेमिट्यान्सको सहि सदुपयोग र स्थानीय जनतामाझ बैंकिङ पहुँच बिस्तार मात्र नभएर ग्रामिन क्षेत्रसम्म एनआरएनको लगानी पु¥याउने लक्ष्य अनुसार बेष्ट फाइनान्सको शाखा बाग्लुङको गलकोटमा संचालनमा ल्याइएको बताए ।

एनआरएनद्धारा प्रर्वद्धित ‘बेष्ट फाइनान्स’को १६ औं शाखा बाग्लुङको गल्कोटमा औपचारिकरुपमा संचालनमा

यस्तै एनआरएनएका उपाध्यक्ष तथा अर्का मुख्य लगानीकर्ता रोविन्द प्रसाद श्रेष्ठ (गोविन्द)ले आफु जन्मेको ठाँउमा वित्तिय क्षेत्रमार्फत लगानी भित्रयाउन पाएकोमा खुसी महसुस भएको बताए ।

कार्यक्रममा बेष्ट फाइनान्स कम्पनी लिमिटेडका अध्यक्ष खिमलाल पौडेलले बेष्ट फाईनान्सबाट ढुक्कले कारोबार गर्नको लागि सम्पूर्ण स्थानीयवासीलाई आग्रह गरे भने बैकका प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले कृषि, साना उद्यम तथा स्थानीय उत्पादनमा लगानी बढाउन गल्कोटमा शाखा खोलिएको जानकारी दिदै यस फाइनान्सको सेवा देशैभर बिस्तार गर्ने तयारी रहेको बताए ।

कार्यक्रममा गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । बेष्ट फाइनान्सका अध्यक्ष खिमलाल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा प्रवन्धक ध्रुव पौडेलको स्वागत गरेका थिए भने फाइनान्सका सञ्चालक प्रमुख राजेश पुरीलले संचालन गरेका थिए ।

एनआरएनद्धारा प्रर्वद्धित ‘बेष्ट फाइनान्स’को १६ औं शाखा बाग्लुङको गल्कोटमा औपचारिकरुपमा संचालनमा

वेष्ट फाईनान्सले गत वर्षको साउन महिनादेखी गैरआवासीय नेपालीहरुको प्रवद्र्धनमा १६ औँ शाखाको रुपमा गलकोटबाट कारोबार सुरु गरेको थियो ।

बेष्ट फाइनान्सले देशका विभिन्न ठाँउका १८ वटा शाखा कार्यालयमार्फत सेवा प्रवाह गरिरहेको छ । यसअघि नै १६ औ शाखाका रुपमा संचालित गलकोट शाखाको आज औपचारिक सुभारम्भ गरिएको हो ।

वेष्ट फाइनान्स कम्पनीले अनलाईन बैंकिङ, क्यूआर कोड लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको छ । कम्पनीको प्रधान कार्यालय काठमाण्डौको कमलादीमा रहेको छ ।