दिगो विकासका लागि निजी र वित्तीय संस्थाको सहकार्य आवश्यक : प्रधानमन्त्री प्रचण्ड

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरुको सहकार्य आवश्यक रहेको बताएका छन । शुक्रबार काठमाडौंमा आयोजित इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन ।

प्रधानमन्त्रीले सरकार दिगो विकासका लागि वित्तीय संस्था, विकास साझेदारहरू र निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक रहेको उल्लेख गरे । उनले सरकारले दिगो विकासका लक्ष्यहरू पूरा गर्न लगानी आवश्यक पर्ने मुख्य क्षेत्रहरू पहिचान गरिरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले दिगो विकास लक्ष्य पूरा गर्नका लागि भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादन समावेश रहेको बताए । उनले नेपालले दिगो समाधानमार्फत लगानीको खाडल पूरा गर्ने प्रयासमा रहेको औंल्याए । प्रधानमन्त्री प्रचण्डले सरकार विदेशी लगानी आकर्षित गर्नका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध रहेको बताए ।

‘‘विकास लक्ष्यहरू हासिल गर्ने हाम्रो प्रयासमा, हामीले महत्त्वपूर्ण लगानी आवश्यक पर्ने धेरै मुख्य क्षेत्रहरू पहिचान गरेका छौं । यी क्षेत्रहरूमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादन समावेश छन् । साझा समृद्धिका लागि राष्ट्रको दिगो विकास लक्ष्यहरू हासिल गर्न हाम्रा प्रयासहरूसँग मिल्न हामीलाई निजी क्षेत्र र वित्तीय संस्थाहरूको समर्थन र साझेदारी चाहिन्छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘हामी नविन, दिगो समाधानहरूमार्फत नेपालको लगानीको खाडललाई पूरा गर्न खोजिरहेका छौं । सरकार विदेशी लगानी आकर्षित गर्न र नयाँ अवसरहरू सिर्जना गर्न हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध छ । हामी हाम्रो विकास प्रयासहरूमा वित्तीय संस्था र विकास साझेदारहरूसँग निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक छौं ।’’

प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले विकासका लक्ष्य हात पार्नका लागि यसअघि नै लगानीका क्षेत्र तय गरेको र लगानीका लागि संस्थागत र संरचनागत व्यवस्था गरिरहेको बताए । उनले विश्वमा उदाउँदै गरेका नयाँ वित्तीय लगानीका अवधारणको खोजीमा सम्मेलन आयोजना हुनु निकै सान्दर्भिक भएको जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *