कृष्ण बेकरीको शाखा सोरुम अब काठमाडौंको पुरानो बानेश्वरमा

news-details

काठमाडौं / कृष्ण बेकरीको शाखा शोरुम अब काठमाडौंको पुरानो बानेश्वरमा पनि संचालनमा आउने भएको छ ।

विगत ७ दशकभन्दा अघि नेपालमा कृष्णबहादुर राजकर्निकारले पाउरोटीको स्थापना गरी हरेक नेपालीहरुमा पाउरोटी भनेको के हो भनी चिनाई सबैको रोजाई बनाउन सफल कृष्ण पाउरोटीको शाखा सोरुम कृष्ण बेकरी अब काठमाडौंको पुरानो बानेश्वरमा पनि संचालनमा आउन लागेको हो ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै उपत्यकाका विभिन्न ठाउँहरुमा संचालनमा आइसकेको कृष्ण बेकरी आगामी बैशाख २८ गतेबाट संचालनमा आउन लागेको हो ।

धेरै ग्राहकहरुको रोजाई बन्न सफल कृष्ण पाउरोटी हरेक ग्राहकहरु सम्म पु¥याउनका लागि र सबैलाई स्वस्थ्यवर्दक पाउरोटी सहज उपलब्ध गराउनका लागि बानेश्वरमा पनि शाखा संचालनमा ल्याएको यसका संचालक रमेश राजकर्निकार बताउँछन् ।

बेकरी आइटम बाहेक किचन आइटम पनि उपलब्ध हुने र हरेक ग्राहकहरु आइसकेपछि उनीहरुलाई स्याटिसफाई बनाएर मात्र पठाउँने उनको भनाई छ ।

६० जना सम्म ग्राहक अटाउन सक्ने क्षमता भएको उक्त बेकरी यही बैशाख २८ गते ओपनिङ हुने भएकाले र त्यस दिन ग्राहकहरुलाई विशेष छुटको समेत व्यवस्था भएको हुनाले कृष्ण बेकरीसँग चिरपरिचित सबै ग्राहकहरुलाई आएर एकपल्ट भिजिट गरिदिन उहाँ आग्रह गर्नुहुन्छ ।

बेकरीका १०० भन्दा बढी आइटमहरु सहज रुपमा पाइने कृष्ण बेकरी स्थापना कालदेखि नै सबैको मन मुटुमा बस्न सफल भएको हो । त्यसैले आज पनि कृष्ण पाउरोटीको प्रख्यात उही छ । त्यसैले स्वस्थ्यवद्र्धक, गुणस्तरिय हरेक बेकरी आईटमको लागि पुरानो बानेश्वरमा रहेको कृष्ण बेकरीमा नै आउनका लागि संचालक कर्निकार आग्रह गर्छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *