उद्योग वाणिज्य महासंघले बनायो उच्चस्तरीय विज्ञ समूह

news-details

नेपाल उद्योग वाणिज्य महासंघले उच्चस्तरीय विज्ञ समूह गठन गरेको छ । अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन विशेषज्ञहरुको उच्चस्तरीय विज्ञ समूह गठन गरिएको हो ।

उक्त समूहमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल, पूर्वसचिवद्वय पुरुषोत्तम ओझा र शिशिर ढुंगाना, अर्थविदहरु केशव आचार्य, डा. कल्पना खनाल र डा. गणेश गुरुङ रहेका छन् ।

विज्ञ समूह गठनलगत्तै मंगलबार महासंघको सचिवालयमा बैठक बसेको महासंघले जनाएको छ । महासंघका अनुसार बैठकले वर्तमान अवस्थाबाट अर्थतन्त्र सुधार गर्न केन्द्रीय बैंक र सरकारले निजी क्षेत्रको विश्वास बढाउनुपर्नेमा जोड दिएको छ ।

विज्ञ समूहको गठनबाट महासंघको भूमिका प्रभावकारी हुने विश्वास महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *