हिमालयन बैंकलाई राष्ट्र बैंकको सम्मान

बाणिज्य बैकहरुमध्ये सबै भन्दा बढी विप्रेषण भित्र्याउने बैंक बन्यो
news-details

नेपाल राष्ट्र बैकले आफ्नो ६८ औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेकोे एक समारोहकाबीच वाणिज्य बैकहरु मध्ये सबै भन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैक लिमिटेडलाई सम्मानित गरेको छ ।

सो समारोहमा सम्मान स्वरुप नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका छन् । हिमालयन बैकले आ.व. २०७८/७९ मा देशमा भित्रिएको कूल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएकोमा सो सम्मान हासिल गरेको हो ।

करिब दुई दशक देखि आफ्नो विप्रेषण सेवा “हिमाल रेमिट” मार्फत ग्राहकहरुलाई समयानुकूल सेवा–सुबिधा प्रदान गरी अग्र स्थानमा रहँदै आएको छ । बैकले संसारभरि अवस्थित १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जाल मार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रीत प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा संचालन गर्दै आएको छ ।

हाल बैकले देश भरि फैलिएका हिमालरेमिटका १८,००० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रुपमा भुक्तानी गर्दै आएको छ भने बैंकले देश भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ए.टि.एम हरुबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा पनि प्रदान गर्दै आएकोे छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *