एनएमबि बैंकको मोबाईल बैंकिङ एपबाट सिधै ‘आइएमई पे’मा लोड गर्न मिल्ने

news-details

आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मा अब एनएमबि बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ ।

आइएमई पे र एनएमबि बैंकबीच भएको सम्झौता स्वरुप अब ग्राहकवर्गले आफ्नो एनएमबि बैंकको मोबाईल बैंकिङ प्रयोग गरी सिधै एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्नुहनेछ।

ग्राहकवर्गलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उदेश्यका साथ सो सुबिधा सुचारु गरिएको हो ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन। यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा QR स्क्यान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ।

यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ। २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *