सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा राष्ट्रिय अपाङ्ग कोषलाई आर्थिक सहयोग

news-details

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलार्ई रु ५ लाख रकम सहयोग गरेको छ ।

वि.स. २०३९ सालदेखि संचालित राष्ट्रिय अपाङ्ग कोषले देशभर रहेका अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता पुनसर््थापनाका साथै चौतर्र्फी विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी र समावेशी समाजका कार्यका लागि काम गरिरहेको छ ।

कोषले वार्षिक १५०० अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामाग्री जस्तै कृत्रिम हात खुट्टा, क्यालिफर, बैशाखी, सेतोछडी, वाकिंग स्टिक, ओर्थाेपेडिक जुत्ता तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरिय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउदै आएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरि वैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरुलाई सेवा पु¥याउने उदेश्यले राष्ट्रिय अपाङ्ग कोषलार्ई उक्त रकम सहयोग गरेको जनाएको छ ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *