भृकुटी मण्डपमा जुत्ता चप्पल मेलामा काग्रेस नेता प्रदीप पौडेलको अवलोकन

news-details

काठमाडौंको भृकुटी मण्डपमा जारी जुत्ता चप्पल मेलाको नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले अवलोकन गरेका छन् ।

स्वदेशी उत्पादन रहेका भृकुटी मण्डपमा लागिरहेको जुत्ता चप्पल मेलाको पौडेलले अवलोकन गर्दै नेपाली उत्पादनलाई मन पराए । अवलोकनका क्रममा उनले व्यवसायीहरुका समस्या र गुनासा सुनेका थिए ।

व्यवसायीहरुले उक्त क्षेत्रमा रहेका सम्भावना, चुनौतिहरु उनलाई सुनाएका थिए । वास्तविक व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाहरुले सहुलियतमा ऋण प्रदान नगरेको व्यवसायहरुको गुनासो थियो । व्यवसायीहरुको समस्या समाधानका लागि सक्दो पहल कदमी चाल्ने उनले बताएका छन् । उक्त क्षेत्रका व्यवसायीहरुको समस्या आफूले सरकार र पार्टीमा पनि गम्भीर छलफल गर्ने र स्वदेशी जुत्ता चप्पलको उत्पादन र प्रयोगलाई प्रोत्साहन र सहजीकरण गर्ने उनले वचन दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *