महासंघ निर्वाचन : एसोसियट उपाध्यक्षमा ज्योत्सना, जिल्लानगरमा सुरकृष्ण र वस्तुगतमा हेमराज विजयी

news-details

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्लारनगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन्।

श्रेष्ठ र वैद्य रामचन्द्र संघाई तथा ढकाल उमेशलाल श्रेष्ठ समूहबाट उम्मेदवार बनेका थिए।

एसोसियट उपाध्यक्षमा श्रेष्ठ ८४६ मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत पाए ।

यस्तै जिल्ला नगर उपाध्यक्षमा वैद्यले ४३ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी अरुणराज सुमार्गीले ३७ र अर्का प्रतिस्पर्धी दिनेश श्रेष्ठले ३४ मत प्राप्त गरे।

वस्तुगत उपाध्यक्षमा विजयी ढकालले ६१ मत पाउँदा निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले ७ मत प्राप्त गरे।

अहिले वरिष्ठ उपाध्यक्ष पदको मतगणना भैरहेको छ । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने व्यवस्था छ ।

यही व्यवस्था बमोजिम महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बिहीबार नै अध्यक्षको जिम्मेवारी सम्हाल्दै छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *