उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु
- चैत्र २९, २०७९
- 0

नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
महासङ्घका प्रतिनिधिहरू मतदानस्थल प्रज्ञा भवन पुगेर आआफ्ना उम्मेदवारको पक्षमा मत मागिरहेका छन् ।
हिजोबाट सुरु भएको साधारणसभबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल विधानतः स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आज मतदान हुनेछ ।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईको उम्मेदवारी परेको छ ।
साधारण सभाले महासङ्घको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।
यसैगरी, वस्तुगत सङ्घबाट १४ जना, उद्योग वाणिज्य सङ्घबाट १८ जना, एसोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रीय कार्यसमितिमा आउनेछन् ।
0 प्रतिक्रिया
साइबर अपराधको आरोपमा शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ

कपिलवस्तुको शुद्वोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । प्रहरीले आज उनलाई साइबर अपराधको आरोपमा बुटवलबाट पक्राउ गरेको हो […]
विश्व पौडेललाई गभर्नर बनाउन जुटयो सहमती, आजै निर्णय हुने संभावना

नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त हुने लगभग पक्कापक्की जस्तै भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओली […]
कलेजो प्रत्यारोपणका लागि समाजसेवीद्धय न्यौपाने र शिवाकोटीको पहलमा थप आर्थिक सहयोग हस्तान्तरण

१० महिने बालिका श्रीनेहा बर्देवाको कलेजो प्रत्यारोपण गर्नका लागि समाजसेवीद्धय केदारप्रसाद न्यौपाने र सिताराम शिवाकोटीको पहलमा पुनः थप आर्थिक सहयोग […]
विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग पराजित

नेपाल आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्री को अन्तिम खेलमा थाइल्यान्डसँग पराजित भएको छ । आज […]
प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि काँग्रेस सभापति देउवा […]